चुनावको अघिल्लो दिन निर्वाचन आयोगको वेबसाइट र एप डाउन !

  • Technology Khabar | ३ मंसिर २०७९, शनिबार
चुनावको अघिल्लो दिन निर्वाचन आयोगको वेबसाइट र एप डाउन !

काठमाडौं ।

अपडेटः निर्वाचन आयोगको वेबसाइट प्राविधिक कारणले डाउन भएको बताईएको छ। आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले वेबसाइट मर्मतको काम भईरहेको जानकारी दिए। “वेबसाइट मेन्टेनेन्स हुँदै गरेको भन्ने जानकारी पाएको छु। अरु कारण केहि होईन्। केहि समयमा खुल्छ,” सहायक प्रवक्ता अर्यालले टेक्नोलोजीखबरसँग भने।

निर्वाचन आयोगको वेबसाइट चुनावको अघिल्लो दिन डाउन भएको छ । वेबसाइटका साथसाथै आयोगको एप समेत चलेको छैन्।

हिजोसम्म सामान्यरुपमा संचालनमा रहेको वेबसाइट र एप दुबै डाउन भएसँगै नागरिकहरुले आयोगका गतिबिधि र निर्णयहरु बारे जानकारी पाउन सकेका छैनन्।

भोली मंसिर ४ गते देशभर प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ। तर वेबसाइट र एप किन डाउन भएको हो भन्ने कुनै जानकारी छैन्।

यसअघि आयोगले आफ्नै वेबसाइटमार्फत चुनावको मतगणनाको जानकारी दिने व्यवस्था गरिने बताएको थियो ।

आयोगका कम्प्युटर इन्जिनियर सुरेश बसौलाले सबै संचारमाध्यम तथा अनलाइनहरुलाई निर्वाचनको अपडेट उपलब्ध गराईने बताएका थिए।

उनले निर्वाचन आयोगद्वारा सार्वजनिक गरिने नतिजाको लागि माग आएको खण्डमा अनलाइन मिडियालाई embed code प्रदान गरिने बताएका थिए। सोही आधारमा निर्वाचन अपडेट गर्न सक्ने बताएका थिए।

संभवत सोही कार्यको लागि वेबसाइट तथा एप डाउन भएको अनुमान गरिएको छ। यसको थप अपडेट पाएसँगै जानकारी गराउनेछौं।

प्रकाशित: ३ मंसिर २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...