
काठमाडौं ।
ब्लिजार्डले नेटइजसँग नयाँ इजाजतपत्रमा पुग्न असमर्थ भएपछि चीनमा अनलाइन गेमहरू निलम्बन गर्ने भएको छ।
चिनियाँ इन्टरनेट र अनलाइन गेम सेवा प्रदायक नेटइजले चिनियाँ मुख्य भूमिमा ब्लिजार्ड इन्टरटेनमेन्टका धेरै टाइटलहरु प्रकाशन गर्ने आफ्नो इजाजतपत्रहरू २३ जनवरी २०२३ मा म्याद सकिएपछि नवीकरण नगरिने घोषणा गरेको छ।
फलस्वरूप, गेम वर्ल्ड अफ वारक्राफ्ट, स्टारक्राफ्ट सिरिज, हर्थस्टोन, हिरोज अफ द स्टर्म, ओभरवाटक र डियाब्लो थ्री लगायतका गेमहरु अब चीनमा उपलब्ध हुनेछैनन्।
हालै मात्र नेटइजले चिनियाँ नियामकबाट आफ्नो नयाँ गेमको लागि दोस्रो अनुमति पत्र पाएको थियो।
प्रकाशित: ३ मंसिर २०७९, शनिबार