चुनावका लागि आइएमई पेको हवाई यात्रा अफर, भाग्यशाली विजेतालाई रू.१ मा फ्लाइट टिकट

  • Technology Khabar | २ मंसिर २०७९, शुक्रबार
चुनावका लागि आइएमई पेको हवाई यात्रा अफर, भाग्यशाली विजेतालाई रू.१ मा फ्लाइट टिकट

काठमाडौं ।

विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले रू. १ मा सो टिकट प्राप्त गर्न सक्ने बताईएको छ।

प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकम (फुल प्राइस) मै खरिद गर्नु पर्ने हुन्छ। यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले रू.१ बाहेकको पूर्ण मुल्य क्यासब्याक स्वरूप पाउनेछन्।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ रू. १ मा हवाई टिकट अफर सार्वजनिक गरिएको हो।

अफर कार्तिक ३० देखि मंसिर ९ गतेसम्म जम्मा १० दिनसम्म कायम हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २ मंसिर २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार