
काठमाडौं ।
आजकल दिनहुँजसो नयाँ प्रविधिहरू देखिएका छन् र डिभाइसमा नयाँ सुविधाहरू देख्न सकिन्छ। मोबाइलमा धेरै सुविधाहरू छन् जुन तपाईंको सुरक्षाको हिसाबले धेरै राम्रो छन्।
हामी तपाईलाई मोबाइलको एउटा यस्तो फिचरको बारेमा बताउन गइरहेका छौं, जसको माध्यमबाट तपाईले मोबाइलमा रहेको एपलाई डिलिट वा इन्स्टल नगरिकनै लुकाउन सक्नुहुन्छ। अर्थात आफूले चलाउने कुनै प्राइभेट र सिक्रेट एपहरु छन भने पनि तिनिहरुलाई अरुले हेर्न नमिल्ने बनाउन सकिनेछ।
तपाईंको मोबाइल चोरी हुँदा वा कसैले मोबाइल अनलक स्थितिमा यो फाइदाजनक हुनेछ। यसबाट, तपाईं बाहेक अरू कसैले तपाईंको निजी डाटा हेर्न सक्षम हुनेछैन। हामी तपाईलाई यो सुविधा कसरी प्रयोग गर्न सक्नुहुन्छ भनी बताउनेछौं।
यसरी लुकाइनेछ एप
आफ्नो मोबाइलको सेटिङ्ग्स एप खोल्नुहोस्।
अब तल रहेको गोपनीयता अर्थात प्राइभेसी विकल्पमा जानुहोस्।
प्राइभेसी प्रोटेक्सन ट्याबमा रहेको हाइड एप्स (एप्स लुकाउनुहोस्) अप्सनमा क्लिक गर्नुहोस्।
आफ्नो प्राइभेसी पासवर्ड प्रविष्ट गर्नुहोस्।
यसपछि यहाँ तपाईंले एपहरूको सूची देख्नुहुनेछ, जसमध्ये तपाईंले कुनै पनि एपलाई लुकाउन सक्नुहुन्छ।
एपलाई लुकाउन अगाडिको ‘टगल अन’ गर्नुहोस्।
तपाईंले लुकाउन चाहनुभएको एपहरूको लागि पासकोड सेट गर्नुहोस्।
यसमा पासकोड ह्यास (#) बाट सुरु हुन्छ।
जतिबेला तपाइँले लुकाएका अर्थात हाइड एप हेर्न चाहनुहुन्छ, तपाइँ यो पासकोड प्रयोग गर्न सक्नुहुन्छ।
तपाईंले फोनमा लुकेको एप्स सजिलै प्रयोग गर्न सक्नुहुन्छ। जब तपाइँ हाइड एप प्रयोग गर्न चाहानुहुन्छ, तपाइँको फोनको डायल प्याडमा एपको लागि पासकोड सेट प्रविष्ट गरेर एप प्राप्त गर्नुहुनेछ। साथै, एप लुकेको अवस्थामा पनि, यसले सामान्य रूपमा काम गर्ने तरिकाले नै काम गर्नेछ। एपको काम गर्ने तरिकामा कुनै परिवर्तन हुँदैन। साथै, यदि तपाइँ चाहनुहुन्छ भने, तपाइँ हाइड एपको लागि पुश नोटिफिकेसन पनि बन्द गर्न सक्नुहुन्छ।
प्रकाशित: १ मंसिर २०७९, बिहीबार