असोजमा वालेटबाट १६ अर्ब ५६ करोडको कारोबार

  • Technology Khabar | १ मंसिर २०७९, बिहीबार
असोजमा वालेटबाट १६ अर्ब ५६ करोडको कारोबार

काठमाडौं ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म भुक्तानी सेवा प्रदायक वालेटबाट १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

असोज महिनामा वालेटबाट १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो।

१ करोड ५७ लाख ३ हजार ४२ पटकको ट्रान्जेक्सनबाट उक्त रकम बराबरको कारोबार भएको हो।

गत भदौको तुलनामा वालेटबाट हुने कारोबार रकम भने घटेको देखिन्छ। भदौमा १७ अर्ब ६३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

भदौको तुलनामा असोज महिनामा वालेटबाट हुने कारोबार १ अर्ब ६ करोड ७० लाख रुपैयाँले घटेको छ।

प्रकाशित: १ मंसिर २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार