एप्पलले भारतको होसुरमा आईफोन निर्माण प्लान्ट लगाउने, ६० हजार भारतीयलाई रोजगारी दिने

  • Technology Khabar | ३० कार्तिक २०७९, बुधबार
एप्पलले भारतको होसुरमा आईफोन निर्माण प्लान्ट लगाउने, ६० हजार भारतीयलाई रोजगारी दिने

काठमाडौं ।

एप्पलले भारतमा नयाँ आईफोन प्लान्ट थप गर्ने भएको छ। कम्पनीको लागि आईफोन एसेम्बल गर्ने सबैभन्दा ठूलो प्लान्ट बेंगलुरुमा स्थापना गरिने भएको छ।

भारतका केन्द्रीय दूरसंचार र आईटी मन्त्री अश्विनी वैष्णवले भारतमा आईफोन उत्पादन गर्ने एप्पलको सबैभन्दा ठूलो कारखाना बेंगलुरुको होसुर नजिकै स्थापना भइरहेको बताएका छन्। यो कारखानामा करिब ६० हजार मानिसले काम गर्नेछन्।

६ हजार आदिवासी महिलालाई आईफोन बनाउने तालिम

वैष्णवले आदिवासी गौरव दिवस समारोहमा राँची र हजारीबाग वरपर बस्ने ६ हजार आदिवासी महिलालाई आईफोन बनाउन तालिम दिइएको बताए। केन्द्रीय मन्त्रीले भने, “एप्पलको आईफोन अब भारतमा बनिरहेको छ र देशको सबैभन्दा ठूलो कारखाना बेंगलुरु नजिकै होसुरमा स्थापना भइरहेको छ। एउटा कारखानामा ६० हजारले काम गर्नेछन्।”

भारतीय समाचार एजेन्सी पीटीआईकाअनुसार एप्पलले होसुरमा प्लान्ट रहेको टाटा इलेक्ट्रोनिक्सलाई आईफोन कारखाना स्थापना गर्न ठेक्का दिएको छ। कम्पनीले भारतमा अग्रणी इलेक्ट्रोनिक्स कम्पनीहरू फक्सकन, विस्ट्रोन र पेगाट्रोनद्वारा आईफोनहरू उत्पादन गर्छ।

अप्रिलदेखि ५ महिनामा भारतबाट आईफोनको निर्यात १ अर्ब डलर नाघेको छ।

प्रकाशित: ३० कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...