
काठमाडौं ।
नेपाल टेलिकमको कपर केबलबाट भ्वाइस तथा इन्टरनेट सेवा लिने ग्राहकले फाइबर (एनटी फाइबर) मा शिफ्टिङ्ग हुन भनेको छ।
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय काठमाडौंबाट परम्परागत कपर केबलबाट भ्वाइस तथा इन्टरनेट सेवा लिने ग्राहक महानुभावहरूलाई नयाँ प्रविधिमा जान भनिएको हो।
कम्पनीले सेवालाई प्रभावकारीरूपले सञ्चालन गर्नका लागि कपर केबललाई फाइबर (एनटी फाइबर) मा विस्थापित गर्नुपर्ने भएकाले ग्राहक महानुभावहरूलाई उक्त कपर टू फाइबर शिफ्टिङ्ग कार्यमा सहयोग गरिदिनुहुनका साथै यस कम्पनीद्वारा प्रदान गरिने भ्वाइस, डाटा तथा आईपीटीभी सेवा उपभोग अनुरोध गरेको छ।

प्रकाशित: ३० कार्तिक २०७९, बुधबार