
काठमाडौं ।
फोनमा नेटवर्क नआएपछि हामी सबै चिन्तित हुने गर्दछौं। धेरै चोटि जब हामीले अत्यावश्यक कल गर्नु पर्छ वा अत्यावश्यक सन्देश पठाउनु पर्छ, त्यसबेलामा नै फोनमा नेटवर्क सिग्नल कम हुन्छ। यो धेरै सामान्य समस्या हो।
नेटवर्क मात्र होइन, ब्लुटुथ र वाइफाइको कनेक्टिभिटी पनि कहिलेकाहीँ कमजोर देखिन्छ। हामीले तपाईको लागि यो समस्याको समाधान गर्ने तरिका बारेमा जानकारी दिने प्रयास गरेका छौं।
तपाईले यी समस्याहरूलाई सानो सेटिङमार्फत रिसेट गर्न सक्नुहुन्छ। यस सेटिङका लागि चरणहरू विभिन्न एन्ड्रोइड फोनहरूमा फरक हुन्छन्। यहाँ हामी तपाईलाई सामसङ र पिक्सेल फोनहरूको बारेमा जानकारी दिइरहेका छौं। यसको साथमा, तपाइँले कसरी आईफोनमा सेटिङ रिसेट गर्न सक्नुहुन्छ भनेर पनि बताउनेछौं।
सामसंग स्मार्टफोनहरू:
यस फोनमा तपाईले सेटिङ्ग्समा गएर जनरल म्यानेजमेन्टमा ट्याप गर्नुपर्नेछ। त्यसपछि रिसेटको विकल्पमा ट्याप गर्नुहोस्। त्यसपछि रिसेट नेटवर्क सेटिङ्ग्स (Reset Network Settings)चयन गर्नुपर्छ।
पिक्सेल स्मार्टफोनहरू:
यसमा पनि पहिले सेटिङ्ग्समा जानुपर्छ। त्यसपछि सिस्टममा गएर रिसेट विकल्पमा जानुपर्छ। त्यसपछि रिसेट वाइफाइ, मोबाइल र ब्लुटुथ (Reset WiFi, mobile & Bluetooth) मा ट्याप गर्नुहोस्। त्यसपछि रिसेट सेटिङ्ग्स (Reset Settings) मा ट्याप गर्नुहोस्।
आईफोनहरु:
सबैभन्दा पहिले सेटिङ्ग्समा जानुपर्छ। त्यसपछि जनरलमा जानुपर्छ। त्यसपछि तल स्क्रोल गर्नुहोस् र स्थानान्तरण वा रिसेट आईफोन (Transfer or Reset iPhone) मा ट्याप गर्नुहोस्। त्यसपछि रिसेटमा ट्याप गर्नुहोस्। त्यसपछि रिसेट नेटवर्क सेटिङ्ग्स (Reset Network Settings) मा ट्याप गर्नुहोस्। त्यसपछि पासकोड प्रविष्ट गर्नुहोस् र अब तपाईंको फोन सेटिङ्ग्स रिसेट हुनेछ।
प्रकाशित: ३० कार्तिक २०७९, बुधबार