
काठमाडौं ।
सामसङले आफ्नो आगामी एस२३ सिरिजमा काम गरिरहेको छ। रिपोर्टका अनुसार सामसङले तीन मोडल एस२३, एस२३ पल्स र एस२३ अल्ट्रा ल्याउने योजना बनाएको छ।
कम्पनीको तर्फबाट सार्वजनिक मिति घोषणा हुन बाँकी भए पनि नयाँ स्मार्टफोन आगामी वर्षको शुरुवातमा आउन सक्ने गिजचाइनाले उल्लेख गरेको छ।
रिपोर्टका अनुसार कोरियन कम्पनीले सामसङ एस२३ बेस मोडलको मूल्य कटौती गर्ने सम्भावना छ।
टिपस्टरका अनुसार सामसङले आफ्नो केही फिचर र केही कम्पोनेन्टहरु डानग्रेड गर्ने भएकाले मूल्य कटौती गर्नेछ। भाइब्रेसन मोटरमा डाउनग्रेड देख्न सकिन्छ। सामसङले एस२३ सिरिज भेनिला सिरिजमा लो एण्ड ह्याप्टिक फिडब्याक मोटर प्रयोग गर्न सक्छ।
अर्को महत्वपूर्ण डाउनग्रेड स्क्रीन हुन सक्छ। सामसङले सम्भवतः स्क्रिनको गुणस्तर कायम राख्न सक्छ, एस२३ मा हामीले एस२२ मा देखेको भन्दा ठूलो बेजेल हुन सक्छ। यसरी सामसङले आगामी एस२३ सिरिजको मूल्य घटाउने चर्चा छ।
सामसङ एस२३ मा नेक्स्ट जेनेरेसन क्वालकम चिप र स्न्यापड्रागन ८ जेन २ देख्न सकिन्छ। यसमा ३९०० एमएएच ब्याट्री हुनेछ। एस२३ सिरिजमा ६.१ इन्चको फुल एचडी प्लस एएमओएलईडी डिस्प्ले देख्न सकिन्छ।
प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार