स्किल सेवाको ‘सेवा एप’ शुरु, रुम फाइन्डरको नाममा भइरहेको बिचौलियातन्त्र अन्त्य गर्ने

  • Technology Khabar | २८ कार्तिक २०७९, सोमबार

काठमाडौं ।

काठमाडौंमा १४ लाख घर छन् र धेरै मानिस हरु ठुलो संख्यामा घर-बहालमा बस्ने गर्दछन। घरमा बस्ने सबैलाई विश्वास गर्न सकिन्न। सबै जनाको नियत सहि हुन्छ भन्ने हुदैन। उनीहरु चोरी, डकैति, अपहरण जस्ता जघन्य अपराधिक क्रियाकलापमा संलग्न हुन सक्छन।

यदि उनीहरु कानुन बमोजिम दोषी सावित भए भने यो अवस्थामा तपाईलाई पनि अप्ठायारो पर्न सक्दछ। यसको लागि एक मात्र विकल्प हो घर बहाल सम्झौता पत्र। घर बहाल सम्झौता नहुनु भनेको तपाईको लागि संकटको विषय बन्न सक्दछ।

हो यस्तै कुराहरुलाई मध्यनजर गरेर घरको डाक्टर भनेर चिनिएको स्किल सेवाले सेवा एपको बेटा भर्जन लन्च गरेको छ। जसको प्रयोग गरेर तपाईले केही समयमै डेरावालसँग मोबाइलबाट सम्झौता पत्र बनाउन सक्नु हुनेछ।

साथै मासिक बहाल सम्बन्धि जानकारी जस्तै महिनावारी बहाल रकम, बिधुतिय खर्च, पानी, फोहोर संकलन जस्ता अन्य रकमहरु पनि डिजिटली एपमै मै राख्न सकिने कुरा कम्पनीले बताएको छ।

सेवा एप कस्टमर र सेवा एप प्रोभाइडर गरि दुइवटा एपको बेटा भर्जन कम्पनीले सार्वजनिक गरेको छ। सेवा एप कस्टमर घरबेटी लक्षित गरेर बनाइएको एप हो भने सेवा एप प्रोभाइडर प्लम्बिंग ,इलेक्ट्रिसीयन, पेंटिंग जस्ता ३० भन्दा धेरै सेवाहरु दिने दक्ष जनशक्तिको लागि बनाईएको एप हो। जसमा रजिस्टर गरेर सेवा दिने व्यक्तिले यो एपमार्फत निरन्तर काम पाउने र पैसा उठाउनको लागि कुनैपनि किसिमको झन्झट नहुने बताइको छ।

सेवा एपमा स्थानीय क्षेत्रमा रहेको पसलेहरुले आफ्नो पसलमा राखिएको सामान, त्यसको मुल्य उल्लेख गरि व्यापारलाई अझै प्रबर्धन गर्ने मौका पाउने छन्, । यो सेवा अहिलेको लागि पूर्ण रुपमा निसशुल्क गरिएको छ र यो सेवाले गर्दा ब्यबसायीहरुलाई पनि ठुलो मद्दत पुग्ने र डिजिटल उपस्थिति पनि बढने कम्पनीको दाबी छ।

ग्राहकले कुन समान कुन पसलमा पाउन सकिन्छ र त्यसलाई कति मूल्य पर्छ भन्ने जानकारी मोबाईलबाट नै थाहापाउने भएकाले समय र पैसाको बचत गर्न सक्ने छन । साथै थप जानकारीको लागी पसलमा सम्पर्क गर्न सक्ने छन । यस फिचर मा ब्यबसायीले आफ्नो पसल सेवा एपमा लिष्टिङ्ग गर्न पाउने व्यवस्था सेवा एमा रहेका छ। सेवा एपबाट जो सुकैले पनि समान किनबेच गर्न पाउने छन्। सेकेन्ड हेन्ड समानहरु पनि किन बेच गर्नको लागि पनि सजिलो हुने कम्पनिले बताएको छ।

यो एपले पछिल्लो समय राजधानीमा रुम फाइन्डरको नाममा भइरहेको बिचौलियातन्त्रलाई समेत अन्त्य गर्ने कम्पनीको दाबी छ। घरबेटीले कोठा खाली भए नभएको जानकारी एपमा सजिदैसँग अपडेट गर्न पाउने छन्।

घरबेटी सम्झौता पत्रः

घरबेटी र बहालमा बस्ने बिचको भाडाको कानुनी अभिलेख सम्झौता पत्र हो। सम्झौता पत्र अहिलेको समयमा अतिआवश्यक बनि सकेको छ। प्राय मानिसले सम्झौतापत्र बनाउनको लागि झन्झट मान्ने गर्दछन सम्झौतापत्र बिना कोठा भाडा दिने गर्दछन। यस समस्यालाई समाधान गर्न गर्नको लागि सेवा एपले यो फिचर ल्याएको हो।

घरबेटी र डेरावाल बिच केही समयमै बिना शुल्क सम्झौता गर्न सकिन्छ। आवश्यक सुचना दर्ता गरेपछि केही समयमै समझौतापत्र जेनरेट गर्न सकिन्छ। यो सम्झौतापत्रलाई सजिलैसँग डाउनलोड गर्न सकिन्छ।

आफनो क्षेत्रका वार्ड र नगरपालिकाले जारी गरेको सूचना थाहा एकदमै महत्वपुर्ण हुन्छ। यस्तो प्रकारको जरुरी सूचनाहरु छुट्दा धेरै समय खर्च हुन सक्ने र कुनै कुनै सूचना छुटे भने दण्ड एंव जरिवानाको भागेदार हुनु पर्ने हुन्छ । सेवामा एपबाट महत्वपुर्ण सूचनाहरु अब मोबाइलमै दैनिक रुपमा नोफिकेसन रुपमा प्राप्त गर्न सकिने छ।

आधिकारिक सूचनाहरु सबैले थाहा पाउन जरुरी हुन्छ सुचनाको सहज पहुँचको लागि यो फिचर ल्याएको हो। यो फिचरका कारण जनता र स्थानिय सरकार बीचको सम्बन्ध राम्रो हुने कमपनीले विश्वास लिएको छ। मोबाइल एपमा रजिस्टर गर्दा नै आफ्नो वार्ड र नगरपालिका छान्नु पर्ने छ सोहि बमोजिन आफ्नो वार्ड र नगरपालिकाको सूचना हरु सूचना प्रकशन भए नभएको केही समयमै थाहा पाउन सकिन्छ।

केहि महिना आगाडी बाटो बढाउने क्रममा काठमाडौका धेरै पसलहरुले आफ्नो समान सुरक्षित स्थानमा लग्न पाउनु भएन जसको जसको कारण समय र आर्थिक दुवै क्षति भयो। सूचनाको शिघ्र र सरल प्रवाह नहुदा यस्ता खालका समस्या देखिने गर्दछन।

सेवा एपले प्रत्येक दिन आफुले गर्ने गरेका कामहरुलाई नियमित रुपले भ्लग, फोटो, भिडियो एवम वेभसाइडमा निरन्तर रुपले राख्ने गरेको छ। स्किल सेवाले घर सम्बन्धि दिने विभिन्न प्रकारका सेवाहरु जस्तै प्लम्बिङ्ग, इलेक्ट्रिसियन, सिपेज, पेन्ट उप्कने, पार्केटिङ्ग, रिमोडलिङ्ग आदि जस्ता सेवा प्राप्त गर्न सक्नु हुनेछ।

सेवा एपका विशेषताहरुः

१) बिना झन्झट सेवा

२) छिटो र भरपर्दो सेवा

३) काम गर्नु आगाडी inspection report र cost estimation

४) दैनिक वार्ड तथा नगरपालिका का सूचनाहरु

५) ३० भन्दा धेरै सेवा एकै ठाउँमा

६) हरेक काममा ३ महिनाको धबचचबलतथ

७) हरेक दिन घर सम्बन्धि जानकारी

८) इस्थानिया बजार सम्बन्धि सम्पूर्ण जानकारी

९) निःशुल्क घरबहाल सम्झौता पत्र बनाउन सकिने

१०) निस्सुल्क चभलतब rental management सेवा

११) हरेक काममा engineering supervision

१२) ५० भन्दा धेरै engineers को team

प्रकाशित: २८ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया