साइबरट्रक निर्माणका लागि टेस्लाले कामदार लिन थाल्यो

  • Technology Khabar | २८ कार्तिक २०७९, सोमबार
साइबरट्रक निर्माणका लागि टेस्लाले कामदार लिन थाल्यो

काठमाडौं ।

टेस्लाले गिगाफ्याक्ट्री टेक्सासमा साइबरट्रक उत्पादनका लागि कामदार नियुक्त गर्न शुरु गरेको छ। साइबरट्रकका लागि टेस्लाले कामदार लिन लागेको रोजगार सूचीमा देखिएको इलेक्ट्रेकले उल्लेख गरेको छ।

सन् २०१९ मा साइबरट्रक सार्वजनिक गर्दा टेस्लाले २०२१ को अन्त्यसम्ममा इलेक्ट्रिक पिकअप ट्रक बजारमा ल्याउने बताएको थियो। तर अहिले कम्पनीले २०२२ देखि उत्पादन शुरु गर्ने बताएको छ।

सीईओ इलन मस्कले पछि भने कि टेस्लाले गिगाफ्याक्ट्री टेक्सासमा ‘२०२२ को अन्त्यमा’ इलेक्ट्रिक पिकअप ट्रकको उत्पादन शुरु गर्ने लक्ष्य राखेको थियो।

गिगाफ्याक्ट्री टेक्सासमा मोडल वाई पनि उत्पादन गर्नु पर्दा हाल साइबरट्रक उत्पादनका लागि घोषणा गरिएको समय सीमाबाट पनि कम्पनी पछि हट्नु पर्ने सम्भावना रहेको देखिएको छ।

प्रकाशित: २८ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...