पोको एक्स५ फाइभजी एफसीसी र बीआईएस सूचीमा देखियो

  • Technology Khabar | २८ कार्तिक २०७९, सोमबार
पोको एक्स५ फाइभजी एफसीसी र बीआईएस सूचीमा देखियो

काठमाडौं ।

पोकोले एक्स५ फाइभजी स्मार्टफोन ल्याउने भएको छ। प्रारम्भिक रिपोर्टका अनुसार पोकोले दुई मोडलमा एक्स५ फाइभजी ल्याउन लागेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

ती दुई मोडलमा भारतीय भर्सनका लागि २२१०१३२०आई र विश्वव्यापी भर्सनका लागि २२१०१३२०जी रहेको छ।

शाओमीले रेडमी ब्रान्ड अन्तर्गत चीनमा २२१०१३२०सी फोन सार्वजनिक गर्ने योजना बनाएको छ।

हालसम्म कम्पनीको तर्फबाट पोको एक्स५ फाइभजीको बारेमा धेरै जानकारी लीक गरिएको छैन। तर एफसीसी र बीआईएस वेबसाइटहरुमा भर्खरको सूचीबाट फोनमा ४९०० एमएएच ब्याट्री हुनेछ। जसलाई ५००० एमएएच ब्याट्रीको रुपमा बजारमा उपलब्ध गराइनेछ।

फोनमा डुअल ब्यान्ड वाईफाईका साथै फाइभजी एन५, एन७, एन३८, एन४१, एन७७ र एन७८ ब्यान्डहरु सपोर्ट गर्छ। पोको एक्स५ फाइभजी एमआईयूआई १४ मा उपलब्ध हुनेछ। जसमा एन्ड्रोइल १३ देख्न सकिन्छ।

पोको एक्स५ फाइभजीमा १२० हर्ज आईपीएस एलसीडी र स्न्यापड्रागन जी प्लस चिपसेट हुने विश्वास गरिएको छ।

प्रकाशित: २८ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार