नेपाल-पाकिस्तानबीच हुने फुटबल खेलको टिकट बेच्दै इसेवा, यस्तो छ मूल्य

  • Technology Khabar | २७ कार्तिक २०७९, आईतवार
नेपाल-पाकिस्तानबीच हुने फुटबल खेलको टिकट बेच्दै इसेवा, यस्तो छ मूल्य
ललितपुरमा रहेको ईसेवाको कार्यालय। फाइल तस्बिर।

काठमाडौं ।

भूक्तानी सेवा प्रदायक इसेवाले नेपाल पाकिस्तानको मैत्रीपूर्ण फुटबल खेलको टिकट बिक्री शुरु गरेको छ।

इसेवाले आफ्नो प्रयोगकर्ताहरुलाई मेल मार्फत उक्त खेलको टिकट बिक्रीका लागि उपलब्ध भएको जानकारी दिएको छ।

नेपाल र पाकिस्तानबीच बुधबार कात्तिक ३० गते साँझ ५ बजे काठमाडौं स्थित दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ। उक्त खेल रंगशालामा पुगेर हेर्नेका लागि इसेवाले अनलाइनबाटै टिकट उपलब्ध गराउने भएको हो।

सो खेलका लागि इसेवाले तीन श्रेणीमा टिकट उपलब्ध गराइरहेको छ। नर्मल टिकटको ५००, भीआईपीको १००० र भीभीआईपीको ५००० रुपैयाँ शुल्क तोकिएको छ।

प्रकाशित: २७ कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...