हिताची माईक्रोवेभ ओभनका चार भेरियन्ट नेपाली बजारमा उपलब्ध

Technology Khabar २७ कार्तिक २०७९, आईतवार

काठमाडौं ।

युनिभर्सल इलेक्ट्रोकम प्रा. लिमिटेडले नेपाली बजारमा हिताची माइक्रोवेभ ओभनका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ।

चार भेरियन्टका साथ उपलब्ध माइक्रोवेभ ओभनका नयाँ श्रृङ्खलाहरुमा– २३ लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. डिजिटल ग्रिल माइक्रोवेभ ओभन, २० लि. मेकानिकल माइक्रोवेभ ओभन र डिसेम्बर २०२२ सम्ममा चौथो भेरियन्ट ३२ लि. कन्भेक्सन माइक्रोवेभ ओभन नेपाली बजारमा उपलब्ध हुनेछ।

कम्पनीकाअनुसार हिताचीको उच्च श्रेणीको माइक्रोवेभ ओभनहरूले उपभोक्ताहरूलाई स्वस्थ जीवनको फाइदाहरू र सहजै फ्याट, नुन र क्यालोरी घटाउने नवोत्पाद सुविधा प्रदान गर्दछ। साथै, हिताचीले यी माइक्रो ओभनमा १ वर्षको पूर्ण वारेन्टी र म्याग्नेट्रोनमा ५ वर्षको वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ।

“परिवर्तित जीवनशैलीसँगै, माइक्रोवेभमा परम्परागत खाना पकाउने एक उपयुक्त वैकल्पिक समाधान भएको छ। ग्राहकहरुको बढ्दो मागलाई हेरेर हामीले माइक्रोवेभ ओभनको चार भेरियन्ट एकै पटक ल्याउने योजना बनाएका हौं । हिताचीले सहज जीवनयापनमा विश्वास गर्छ। हिताचीका यी मौलिक माइक्रोवेभ ओभनले उपभोक्ताहरूलाई समय बचत गर्न र उनीहरूको जीवनलाई सजिलो बनाउँदै बिजुलीको खपत घटाउन मद्दत गर्नेछ” कार्यकारी निर्देशक सञ्जय अग्रवालले भने।

डिजिटल ग्रिल माइक्रोवेभ ओभनः

डिजिटल ग्रिल माइक्रोवेभ ओभनका दुई मोडल HMR–DG2312 र HMR-DG2012 ओभन क्षमता २३ लि. र २० लि. मा उपलब्ध छ ।

HMR–DG2312 (२० लि.) मा पुल–ओपन मिरर ग्लास फ्रन्ट डोर र आईनोस फ्रेम ह्यान्डलको साथ आधुनिक र सुविधाजनक डिजाइन समावेश गरिएको छ । यसको डिजिटल डिस्प्ले प्यानल प्रयोग गर्न सजिलो छ किनकि यसमा बारम्बार प्रयोग हुने कार्यहरूको सूचि समावेश गरिएको । यसमा ग्लास ट्रे र ग्रिल र्याक छ। ५ माइक्रोवेभ लेभल– ८ प्रि–सेट कुकिंग मेनु, समय र तौल अनुसार डिफ्रोस्ट, मल्टी–स्टेज कुकिंग, माइक्रोवेभ कुकिंग, ग्रिल कुकिंग, अटो रिहिट आदिको साथमा मल्टिफङ्शनल छ । यसको ८ प्रि–सेट अटो–कुक मेनुले समय बचत गर्न मद्दत गर्छ । भान्साकोठा र खानाको लागि पकाउने समय स्वचालित रूपमा सेट गरेर निरीक्षण गर्न आवश्यक पर्दैन ।

HMR–DG2312 (२० लि.) मा कम्प्याक्ट डिजाइन र घडीको साथ ठूलो डिजिटल एलईडी डिस्प्ले जडान छ । यसको ग्लास फ्रन्ट डोर, ग्लास ट्रे प्रयोग गर्न र सफा गर्न सहज छ । यसमा ६ माइक्रोवेभ लेभल, वन टच ९ अटो कुकिंग प्रि–सेट, माइक्रोवेभ कुकिंग, ग्रिल कुकिंग, वजन द्धारा डिफ्रोस्ट र समय, अटो रिहिट, चाइल्ड सेफ्टी लक, मल्टिस्टेज कुकिंग, क्विक स्टार्ट आदि जस्ता उत्कृष्ट सुविधाहरू छन् ।

हिताची डिजिटल माइक्रोवेभ ओभनले एकै समयमा ग्रिल र माइक्रोवेभको संयोजनमा कार्यहरू गर्दछ जसले खानालाई स्वादिष्ट र क्रिस्पी बनाउनुका साथै भान्साको बहुमूल्य समय बचत गर्दछ। यसबाहेक, यी नवीन माइक्रोवेभ ओभनहरू क्रमशः कालो र सिल्भर कलरमा उपलब्ध छ।

मेकानिकल माइक्रोवेभ ओभनः

मेकानिकल माइक्रोवेभ ओभन–मोडेल कोड HMR–M2002 २० लि. ओभन क्षमतामा उपलब्ध छ । यो कम्प्याक्ट डिजाइनमा उपलब्ध भएकाले सानो, शक्तिशाली र कुशल हुनुका साथै भान्साको ठाउँ धेरै आगट्दैन । यो मेकानिकल माइक्रोवेभ ओभन सञ्चालन गर्न सजिलो छ त्यसैले यो प्रयोगकर्ता मैत्री छ । यसले पुनः तताउने कार्य छिटो र सहज रूपमा खानालाई डिफ्रोस्ट गर्ने सुविधा दिन्छ । यसमा सजिलै सफा गर्नको लागि ग्लास ट्रेको साथ मेकानिकल कन्ट्रोल प्रणाली राखिएको छ । यो किफायती मूल्य र कालो रंगमा उपलब्ध छ ।

कन्भेक्सन माइक्रोवेभ ओभनः

कन्भेक्सन माइक्रोवेभ ओभन–HMR–DC321232L ३२ लि. ओभन क्षमता डिसेम्बर २०२२ सम्ममा उपलब्ध हुनेछ। यो अगाडिको बाहिरी भागमा स्टेनलेस स्टीलका साथ आधुनिक टच र सजिलै सफा गर्न, मिरर ग्लास र स्टेनलेस स्टील क्याभिटीेका साथ डिजाइन गरिएकोे छ । माइक्रोवेभ र कन्भेक्सन कार्यको संयोजनले खाना पकाउने प्रक्रियालाई गति दिन मद्दत गर्दछ । यसमा ग्लास ट्रे र बेक ट्रे समावेश छ । यसले साधारण कन्ट्रोल प्यानलको साथ, क्विक स्टार्ट, प्रि–सेट कुकिंग, माइक्रोवेभ र ग्रिल कुकिंग, तौल र समय अनुसार डिफ्रोस्ट, स्वतः पुनः तताउने, अटो कुकिंग मेनु, चाइल्ड सेफ्टी लक, र मल्टि–स्टेज कुकिंग लगायत उत्कृष्ट कार्यक्षमता प्रदान गर्दछ । स्वतः कुक मेनुले ९ प्रिसेटहरुको कार्यहरू प्रदान गर्दछ जसले खानाको लागि स्वचालित रूपमा पकाउने समय सेट गरेर समय बचत गर्न मद्दत गर्दछ ।

यी प्राविधिक रूपमा उच्च माइक्रोवेभ ओभनहरूले खाना पकाउने समय कम, भित्रसम्मै तातो र समान रूपमा सबै पोषण मूल्यहरू सुरक्षित छन् भनी सुनिश्चित गर्दछ ।

मूल्य र उपलब्धता

कम्पनीकाअनुसार उच्च प्रविधि, परिष्कृत कार्यहरू र प्रिमियम डिजाइन सुविधाहरूसहित, तीन नयाँ मोडेलहरू २३ लि. र २३ लि.निम्न भेरियन्ट र क्षमतामा उपलब्ध छन्।

HMR-DG2312 ब्ल्याक २३ लि. २४,९९९/–
HMR-DG2012 ब्ल्याक २० लि. १९,९९९/–
HMR-M2002 ब्ल्याक २० लि. १५,९९९/–

प्रकाशित: २७ कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया