काठमाडौं ।
भिभोले एक्स९० सिरिजका लागि गत महिना विस्तृत क्यामरा अपग्रेड र हालै भी२ चिप प्रस्तुत गरेको छ। यो एक्स९० लाइनअपमा पहिलो पटक प्रयोग हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
कम्पनीले एक्स९० सिरिज सार्वजनिक गर्ने मिति घोषणा गरेको छैन। तर एक लीक प्रोमो भिडियोका अनुसार एक्स९० सिरिजन नोभेम्बर २२ मा सार्वजनिक हुने संकेत गरेको छ।
क्लिपमा भिभो एक्स९० प्रो प्लस पनि समावेश छ। यस अघि नै लीक भएको फोटो र आधिकारिक टिजरमा देखेका थियौं।
ती तस्बिरहरुमा एक्स९० प्रो प्लस रातो रङमा देखिएको थियो भने लीक प्रोमो भिडियोमा भने स्मार्टफोनलाई कालो रंगमा पनि देखाइएको छ।
अर्को भिडियोमा वेबपेजको स्क्रिनसट समावेश छ। जसले एक्स९० सिरिज नोभेम्बर १४ देखि चीनमा प्रिअर्डरका लागि चीनमा उपलब्ध हुनेछ। त्यसमा भिभोले नोभेम्बर २२ टीडब्ल्यूएस ३ सिरिज इयरफोनहरु सार्वजनिक गर्नेछ।
एक्स९० सिरिज ३ मोडल भेनिला, प्रो र प्रो प्लसमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
एक्स९० प्रो प्लस भर्खरै एन्ड्रोइड १३, १२ जीबी र्याममा ग्रिकबेन्चमा देखा परेको छ। यसमा स्न्यापड्रागन ८ जेन २ एसओसी हुन सक्छ। भेनिला मोडलमा डाइमेन्सिटी ९२०० चिप हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २७ कार्तिक २०७९, आईतवार