
काठमाडौं ।
मेटाको स्वामित्वको इन्स्ट्यान्ड म्यासेजिङ एप ह्वाट्सएपले नयाँ फिचर रोलआउट गरेको छ। वषौंदेखि कम्पनीले आफ्नो प्रयोगकर्ताको अनुभव सुधार गर्न एपमा नयाँ फिचर उपलब्ध गराउँदै आइरहेको छ।
लाईभमिन्टका अनुसार ह्वाट्सएपले मिस कलका लागि डु नट डिस्टर्ब मोड सपोर्ट जारी गरेको छ।
वाबेटाइन्फोका अनुसार यो सुविधा प्लेस्टोरमा उपलब्ध ह्वाट्सएप बिटा मार्फत परीक्षणका लागि रोल आउट गरिनेछ।
रिपोर्टमा फिचर कस्तो देखिन्छ भन्ने स्क्रिनसट पनि सेयर गरिएको छ।
एक पटक रोल आउट भएपछि प्रयोगकर्ताहरुले कल सूचीमा ‘साइलेन्स्ड बाइ डु नट डिस्टर्ब’ नामको नयाँ लेबल देख्नेछन्।
यो जानकारी रिसिभरले मात्र पाउनेछन्।
तपाईको फोनमा डु नट डिस्टर्ब मोड इनएबल भएकाले कलरलाई तपाईले कल मिस गर्नु भएको भन्ने थाहा हुँदैन।
प्रकाशित: २६ कार्तिक २०७९, शनिबार