
काठमाडौं ।
मिडियाटेक स्मार्टफोन, क्रोमबुक, स्मार्ट टिभी, आईओटी डिभाइस लगायतका लागि अग्रणी चिपसेट निर्मातामध्ये एक रहेको छ।
कम्पनीसँग क्वालकम र सामसङ लगायत अग्रणी मोडेमहरुको विकल्प प्रदान गर्न फाइभजी मोडम लाइनअप ल्याएको गिज्मोचाइनाले उल्लेख गरेको छ।
केहि नयाँ चिप्ससँग मिडियाटेकले टी८०० फाइभजी मोडम सार्वजनिक गरेको छ। जसले ७.९ जीबीपीएससम्मको स्पीड दिने दाबी गरिएको छ।
यो भर्खर घोषणा गरिएको मिडियाटेक डाइमेनसिटी ९२०० एसओसी को एक भाग हो। तर कम्पनीले यसलाई औद्योगिक आईओटी, एम२एम र अल्वेज कनेक्टेड पीसीहरुमा पनि प्रयोग गर्न सकिने बताएको छ।
नामले संकेत गरे जस्तै भर्खर शुरु गरिएको मिडियाटेक टी८०० टी७०० को उत्तराधिकारी हो।
यो स्ट्यान्डएलोन (एसए) र नन् स्ट्यान्डएलोन (एनएसए) सञ्चालहरुमा सब ६ गिगाहर्ज र एमएमवेब ब्रान्डहरुको लागि सपोर्ट सहितको फास्ट र इफिसेन्ट मोडेम हो।
यसले डुअल सिम डुअल स्ट्यान्डबाइ फिचर सपोर्ट गर्छ। मोडेमले ७.९ जीबीपीएस सम्मको डाउनलोड स्पीड र ४.२ जीबीपीएस सम्मको अपलोड स्पीड प्रदान गर्छ। मोडेमले फाइभजीका लागि ४जीपीपी रिलिज १६ स्पेसिफिकेसन ४सीसी क्यारियर एग्रीगेसनलाई पूर्ण रुपमा सपोर्ट गर्छ।
तुलनामा क्वालकमको स्न्यापड्रागन एक्स७० मोडेमले १० जीबीपीएस डाउनलोड स्पीड र ३.५ जीबीपीएस अपलोड स्पीड प्रदान गर्छ।
मिडियाटेक टी८०० फाइभजी मोडेम पावर इफिसेन्स ४एनएम नोडमा निर्मित छ। फाइभजी अल्ट्रासेभ टेक्नोलोजीले अप्टिमाइज पवार खपत गर्छ।
यो पीसीआईई रयूएसबी होस्ट इन्टरफेसहरुको सपोर्टमा आउँदछ। तर अन्य माध्यमहरु मार्फत पनि बाँकी मेसिनमा जडान गर्न सकिन्छ।
प्रकाशित: २६ कार्तिक २०७९, शनिबार