काठमाडौं ।
स्टेलान्टिसले बुधवार र बिहीबार दक्षिणी इटालीको मेल्फी प्लान्टमा माइक्रो चिप्स प्रयोग गर्ने कम्पोनेन्टको अभावका कारण काम रोकिने एक ट्रेड युनियनिस्टले बताएका छन्।
यूआएलएम धातुकर्मी युनियनका स्थानीय प्रमुख मार्को लोमियोले मंगलबार इटालो-फ्रान्सेली कार निर्माताले कामदारका प्रतिनिधिहरूलाई भर्खरै जानकारी गराएको बताएका थिए।
७ हजार भन्दा बढी कामदारहरू काम गर्ने मेल्फी प्लान्टले जीप कम्पास र रेनेगेड मोडेलहरू बनाउँछ, जुन युरोपमा स्टेलान्टिसका केही बेस्टसेलरहरू हुन्।
ग्लोबल सेमीकन्डक्टरको अभावका कारण यो वर्ष प्लान्टले हालसम्म १ लाख ३० हजार कार मात्र उत्पादन गरेको लोमियोले बताए। एजेन्सी
प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार