काठमाडौं ।
भिभोले यो महिना विश्वको पहिलो हाई-फाई वायरलेस हेडसेट सार्वजनिक गर्ने घोषणा गरेको छ। अडियो डिभाइसको नाम र सार्वजनिक गरिने मिति गोप्य नै राखिएको गिज्मोचाइनाले उल्लेख गरेको छ।
ब्रान्डले वर्षौं पहिले मोबाइल फोन र इयरफोनहरूमा हाई-फाई उपलब्ध गराउने प्रयास गरेको थियो। भिभो हाई-फाईको दशौं वार्षिकोत्सवको अवसरमा कम्पनीले अडियो डिभाइसमा सुविधा समावेश गर्ने लक्ष्य राखेको छ।
आगामी डिभाइस हाई–फाई प्रिविधिसहितको पहिलो वायरलेस हेडसेट हुने दाबी गरिएको छ।
हाई-फाईले उच्च निष्ठालाई जनाउँछ र यसले मूल अडियो स्रोत जस्तै नतिजाहरू प्रदान गर्दै थोरै विकृतिको साथ ध्वनि पुनः उत्पादन गर्दछ। उच्च निष्ठा सामान्यतया वायर्ड इयरफोन र हेडफोनहरूमा पाइन्छ। यो प्रविधिसहितको भिभोको हेडसेट उद्योगमा पहिलो वायरलेस हेडसेट हुनेछ।
यो १.२ एमबीपीएस सम्मको ट्रान्समिसनमा आउने बताइएको छ।
अडियो डिभाइ उच्च पर्फमेन्सको डीएसी चिपसँग सुसज्जित हुनेछ र ४० किलोहर्ज माथिको अल्ट्रा हाई डेफिनिशन युनिट फिचर हुनेछ।
प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार