
काठमाडौं ।
सामसङ ग्यालेक्सी जेड फ्लिप४ मेसन मार्गिएला एडिसन सार्वजनिक भएको छ। सामसङले गत महिना पेरिसियन हाउट कउचर हाउस मेसन मार्गिएलासँगको सहकार्यमा विशेष एडिसन ग्यालेक्सी जेड फ्लिप४ टिज गरेको थियो।
दुई कम्पनीको सहकार्य स्वरुप आधिकारिक रुपमा सामसङ ग्यालेक्सी जेड फ्लिप ४ मेसन मार्गिएला एडिसन सार्वजनिक गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
सामसङले ग्यालेक्सी परिवारको सबैभन्दा नयाँ सदस्यको पुन कल्पना गर्न मेसन मार्गिएलसँग साझेदारी गरेको बताएको छ। सामसङ ग्यालेक्सी जेड फ्लिप४ मेसन मार्गिएल एडिसनको हरेक तत्वले मार्गिएलको मौलिकता र मूल्यहरुमा केन्द्रित रहेको बताइएको छ।
मेसन मार्गिएलको प्रतिष्ठित डिजाइन दर्शन फोनदेखि यूएक्स, एसेसिरिज र प्याकेजिङसम्म देख्न सकिन्छ।
सामसङ ग्यालेक्सी जेड फ्लिप मेसन मार्गिएल एडिसन स्मार्टफोन म्याट फिनिशका साथ सेतो रङमा उपलब्ध छ।
सामसङ ग्यालेक्सी जेड फ्लिप मेसन मार्गिएल एडिसन नयाँ यूएक्स डिजाइनका साथ पनि आउँछ। जसमा टेलर मेड आइकन र वालपेपर कलाकृतिहरु समावेश छन्।
प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार