काठमाडौं ।
सर्वाधिक पूरस्कार राशीको पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२२ कात्तिक २४ गतेदेखि शुरु हुने भएको छ। पब्जी मोबाइलको विश्वकपको रुपमा रहेको यस प्रतियोगिता २ महिनासम्म सञ्चालन हुनेछ। यस प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ।
४० लाख अमेरिकी डलर ( ५२ करोड ३१ लाख २० हजार रुपैयाँ)को प्रतियोगितामा विश्वभरका ४८ पब्जी टिमको सहभागीता रहनेछ। यसमा नेपालबाट तीन टिम डीआरएस गेमिङ, टी२के र स्काईलाइज गेमिङले सहभागी जनाउने छन्।
सहभागी टिमलाई रेड, ग्रिन र एल्लो गरी ३ समूहमा विभागजन गरिएको छ। प्रत्येक समूहमा १६ टिम रहनेछन्। लिग चरणमा प्रत्येक टिमले २४ ओटा खेल खेल्नेछन्। लिग चरणमा शीर्ष ३ स्थानमा रहने टिम फाइनलाका लागि छनोट हुनेछन्। ४ देखि ११ औं स्थानमा रहने टिम सर्रभाइवल स्टेजका लागि छनोट हुनेछ। समूह चरणमा अन्तिम ५ स्थानमा रहने टिम बाहिरिने छन्।
सर्भाइवल स्टेजमा पुग्ने २४ टिमलाई पनि ३ समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा ८ टिम रहनेछन्। यी टिमले ३ दिनमा १८ गेम खेल्नेछन्। यसमा शीर्ष १६ भित्र रहने टिम अन्तिम मौका लागि छनोट हुनेछन्। पुछारको अन्तिम ८ टिम बाहिरिनेछन्।
अन्तिम मौका पाएका १६ टिमले १२ खेल खेल्नेछन्। यसमा शीर्ष ४ भित्र पर्ने टिम फाइनका लागि छनोट हुनेछन्। बाँकी ८ टिम बाहिरिने छन्।
लिग चरणमाबाट फाइनका लागि १३ टिम छनोट हुने छन् भने बाँकी ३ टिमलाई सिँधै फाइनका लागि बोलाइनेछ।
प्रतियोगितको कुल पुरस्कार राशी घोषणा गरिए पनि सहभागी टिमलाई कति रकम वितरण गरिन्छ भन्ने जानकारी हालसम्म दिइएको छैन। विगतका पब्जी प्रतियोगितमा सहभागी टिमले हासिल गर्ने स्थानका आधारमा पुरस्कार रकम बाँडफाँड गर्ने गरिएको थियो। यो पटक पनि सहभागी टिमले केही मात्रमा पुरस्कार राशी प्राप्त गर्ने सम्भावना छ।
बिहीबार देखि ग्रुप रेडको लिग चरण शुरु हुनेछ। ग्रुप रेडमा नेपाली टिम डीआरएस गेमिङ रहेको छ। ग्रिनमा स्काईलाईट गेमिङ र एल्लोमा टी२के रहेका छन्।
प्रकाशित: २४ कार्तिक २०७९, बिहीबार