सामाजिक सञ्जालमार्फत आउने कुनैपनि अपरिचित कल नउठाउन साइबर ब्यूरोको आग्रह

  • Technology Khabar | २३ कार्तिक २०७९, बुधबार
सामाजिक सञ्जालमार्फत आउने कुनैपनि अपरिचित कल नउठाउन साइबर ब्यूरोको आग्रह

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले अपरिचित व्यक्ति वा अपरिचित आईडीबाट सामाजिक सञ्जालमार्फत आउने कुनैपनि कल नउठाउन भनेको छ।

विगत केही समयदेखि केही ब्यक्ति/आपराधिक समूहले प्रविधिको दुरुपयोग गरीएको भन्दै ब्यूरोले ह्वाट्सएप, भाइबर लगायतका नम्बरबाट कुनै पनि कल आएमा त्यस्ता अपरिचित आईडी र अपरिचित कलहरु एक्सेप्ट वा रिसिभ नगर्न अनुरोध गरेको हो।

विगत केही समयदेखि केही ब्यक्ति/आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल प्रयोगकर्तालाई फ्रेन्ड रिक्वेस्ट पठाई फेसबुक म्यासेन्जर, ह्वाट्सएप, भाइबर, इमो आदिमा भिडियो कल गरी अपरिचित ब्यक्ति आफैँले अश्लिल कृयाकलाप देखाई सम्बन्धित ब्यक्तिलाई झुक्यानमा पारी उक्साई अश्लिल कृयाकलापमा संलग्न हुने वातावरण बनाई भिडियो कलको रेकर्ड गर्ने गरेको बताईएको छ।

तत्पश्चात साइबर अपराधमा फसाइदिन्छु, सामाजिक तथा पारिवारिक सम्बन्ध तहसनहस गराइदिन्छु भन्ने किसिमका धम्की दिई बारम्बार रकम माग गर्ने गरेका घटनाहरु पछिल्लो समय धेरै नै बढ्दै गइरहेको साथै, सामाजिक सञ्जाल मार्फत आत्मीय साथी बनेको भान पार्दै विभिन्न कुराहरुको लोभ लालच देखाउँदै त्यस्ता ब्यक्तिलाई बैंकको खाता खोल्नसमेत लगाई ओटीपीसमेत लिने र सम्बन्धित खातावालाको बैंक खाता आपराधिक गतिविधिमा दुरुपयोग समेत गरीरहेको पाइएको ब्यूरोले भनेको छ।

सामाजिक सञ्जाल प्रयोगकर्तालाई यस्तो कृयाकलाप प्रति सजग रहन तथा अपरिचित आईडी वा ह्वाट्सएप, भाइबर लगायतका नम्बरबाट कुनै पनि कल आएमा त्यस्ता आईडी र अपरिचित कलहरु स्वीकार वा प्राप्त नगर्न हुन जनचेतनाको लागि सबैमा अनुरोध गरेको छ।

प्रकाशित: २३ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार