ह्वावे र वेबसर्फर बिच डिजिटल रूपान्तरणका लागि साझेदारी

  • Technology Khabar | २२ कार्तिक २०७९, मंगलवार
ह्वावे र वेबसर्फर बिच डिजिटल रूपान्तरणका लागि साझेदारी

काठमाडौं ।

ग्राहक संख्याको आधारमा नेपालको शीर्ष १० आईएसपीहरु मध्ये एक वेबसर्फर र एक अग्रणी विश्वव्यापी आईसीटी पूर्वाधार प्रदायक ह्वावे बिच सो आईएसपीको डिजिटल रूपान्तरणको लागि पार्टनरसीप सम्झौता भएको छ।

यस औपचारिक सम्झौतासँगै अब दुवै कम्पनीले ह्वावेको प्राविधिक नेतृत्वलाई नेपाली इन्टरनेट प्रयोगकर्ताको पहुँचमा ल्याउन हात मिलाएका छन् । यसै वर्षदेखि वेबसर्फरलाई एण्ड-टु-एण्ड नेटवर्क सोलुसनहरू र अप्टिकल, इन्टेलिजेन्ट प्रविधिहरू प्रदान गर्ने जिम्मेवारी ह्वावेले बहन गर्नेछ।
यो पार्टनरसीपले ताजा सोलुसनव्दारा प्रयोगकर्ताहरूको नेटवर्क गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने कुरामा दुबै कम्पनीहरू सहमत छन् ।

यो ह्वावेको इन्टरनेट सेवा प्रदायकमा निरन्तर आरएण्डडी लगानीको परिणाम हो र फलस्वरुप यसको छिटो बढ्दो प्रयोगकर्ता आधार छ। ह्वावेले सो आईएसपीलाई यसको नेटवर्क पूर्वाधार र आर्किटेक्चरको विकासमा सहयोग गर्नेछ।

ह्वावेले वेबसर्फरलाई निरन्तर प्राविधिक सहयोग र विशेषज्ञ सहायता पनि प्रदान गर्नेछ। थप, ह्वावेले वेबसर्फरका कर्मचारीहरूलाई आफ्नै क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नेछ।

“यो एक दीर्घकालीन र रणनीतिक साझेदारी हो जसले हाम्रा दुई कम्पनीका लागि ‘विन-विन’ लाभहरू सिर्जना गर्नेछ,” ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले भने, “हामी वेबसर्फरको लागि एक फ्युचर(प्रुफ नेटवर्क सिर्जना गर्दैछौं र ह्वावेको पछिल्लो कन्सुमर(एण्ड उपकरणहरू नेपालमा ल्याइरहेका छौं ताकि ग्राहकहरूले वेबसर्फरको इन्टरनेट प्रयोग गरी सहज अनुभव लिन सकून्।”

वेबसर्फरका प्रबन्ध निर्देशक सुरेन क्षेत्री यो नयाँ साझेदारीबाट उत्साहित भएको बताए। “बढ्दो प्रविधि र हाम्रा प्रयोगकर्ताहरूको आवश्यकताहरू बुझ्ने पार्टनरको खोजीमा, ह्वावे नै उच्च गतिको फाइबर इन्टरनेट र सुरक्षित नेटवर्क सोलुसनको लागि सोलुसन उपलब्ध गराउने प्रतिस्पर्धी बिनाको प्रविधिको लिडर रहेको छ। हामी ह्वावेका इन्टेलिजेन्ट उत्पादन र सोलुसन नेपालमा ल्याउन पाउँदा उत्साहित छौं,” उनले भने, “यस पार्टनरसीपको फलस्वरूप, वेबसर्फरका ग्राहकहरूले छिट्टै ह्वावे इन्टरनेट उत्पादन, उच्च गतिको फाइबर इन्टरनेट, थप भरपर्दो र स्थिर नेटवर्क, सिमलेस वाइफाइ रोमिङ सुविधाहरू र समग्रमा कुनै पनि अवरोध वा डाउनटाइम बिना सहज प्रयोगकर्ता अनुभवको फाइदा लिन सक्नेछन् । ह्वावेले हामीलाई बढ्दो प्रविधिहरूसंगै अगाडि राख्ने र हाम्रा ग्राहकहरूलाई लेटेस्ट प्राविधिक अनुभवहरू उपलब्ध गराउनेछ भन्ने हाम्रो दृढ विश्वास छ।”

प्रकाशित: २२ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार