
काठमाडौं ।
इटालीको विलासी सवारी उत्पादक कम्पनी ल्याम्बोर्गिनीको पहिलो इलेक्ट्रिक कार सन् २०२८ मा आउने भएको छ। फक्सावगन ग्रुपको प्राविधिक सहयोगमा ल्याम्बोर्गिनीले इलेक्ट्रिक उत्पादन गर्न लागेको हो।
कम्पनीको त्रैमासिक वित्तीय विवरण घोषणा अघि अटो एक्सप्रेससँग कुरा गर्दै सीईओ स्टेफन विंकलम्यानले ईभीले कुनै पनि हालको मोडल लाइनहरुलाई प्रतिस्थापन नगर्ने बताए। यो कुरा यस अघि नै ल्याम्बोर्गिनीले पुष्टि गरिसकेको छ।
उनले यसलाई चौथो मोडलको रुपमपा वर्णन गरे जुन दैनिक प्रयोगयोग्य हुनेछ। २ प्लस २, दुई डोरको कार बढी ग्राउन्ड क्लियरेन्सको हुनेछ।
विंकलम्यानले फक्सवागन ग्रुपको सहयोगमा कार निर्माण गर्ने बताए। ल्याम्बोर्गिनीको पहिलो इलेक्ट्रिक कार एसएसपी (स्केलएबल सिस्टम प्लेटफर्म) मा निर्माण गरिनेछ। यो सिस्टम हाल विकासको क्रममा छ।
ल्याम्बोर्गिनीले ४ वर्षको विद्युतीकरण रणनीतिमा १.८ बयिलन युरा खर्च गर्नेछ।
सन् २०२३ मा हाइब्रिड एभेन्डोर, २०२४ को अन्त्यमा प्लग इन हाइब्रिड हुराक्यान सक्सेसर र सोही वर्ष प्लग इन हाइब्रिड यूरुस एसयूभी र त्यस पछि क्रमिक रुपमा पूर्ण विद्युतीयकरण गर्दै जानेछ।
प्रकाशित: २२ कार्तिक २०७९, मंगलवार