अनरको फ्ल्यागशिप स्मार्टफोन नोभेम्बर २३ मा सार्वजनिक हुने

  • Technology Khabar | २२ कार्तिक २०७९, मंगलवार
अनरको फ्ल्यागशिप स्मार्टफोन नोभेम्बर २३ मा सार्वजनिक हुने

काठमाडौं ।

अनरको नयाँ फ्ल्यागशिप स्मार्टफोन नोभेम्बर २३ मा सार्वजनिक हुनेछ। नयाँ फ्ल्याशिप स्मार्टफोन अनर म्याजिक हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

अनर म्याजिक५ स्न्यापड्रागन ८ जेन २ चिपसेट सहित बजारमा उपलब्ध हुनेछ।

रिपोर्टका अनुसार म्याजिक५ मा ६.८ इन्छ डिस्प्लेमा पीडब्ल्यूएम डिमिङ, ५० मेगापिक्सल क्यामा सहिट एआई आईएसपी रनिङ, १०० वाट वायर र ५० वाट वायरलेस चार्जिङमा उपलब्ध हुनेछ। फोन आईपी ६८ रेटेड हुनेछ।

यसमा एन्ड्रोइड १३ मा आधारित नयाँ म्याजिकओएस पाउन सकिन्छ।
आगामी फ्ल्यागशिप स्मार्टफोनको स्पेसिफिकेसनको बारेमा कम्पनीको तर्फबाट धेरै जानकारी बाहिरिएको छैन।

प्रकाशित: २२ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार