
काठमाडौं ।
एप्पलको भ्वाइस असिस्टेन्ट सर्भिस सिरी कम्पनीको चर्चित फिचर मध्ये एक हो। एप्पल प्रयोगकर्ता माफ सिरी फिचर लोकप्रिय छ।
यो सेवा प्रयोग गर्नका लागि हे सिरी भन्नु पर्ने हुन्छ। ९टु५म्याकका अनुसार कम्पनीले सिरीमा परिवर्तन गर्ने विचार गरेको छ।
रिपोर्टका अनुसार एप्पलले सिरी सेवाका लागि बोलिन वाक्य बदलन सक्छ। कम्पनीले हाल प्रयोगमा रहेको हे सिरी वाक्यलाई परिवर्तन गरेर सिरी मात्र बनाउने योजना बनाएको छ।
यदि सिरी सेवामा परिवर्तन गरिएमा प्रयोगकर्ताले यस सेवा एक्टिभ गर्नका लागि केबल सिरी बोलेर कमान्ड दिन सक्छन्। रिपोर्टका अनुसार एप्पलले केही महिनादेखि यस सेवामा काम गरिरहेको छ। एप्पलले नयाँ कमाण्ड सेवा सन् २०२३ को अन्त्यमा वा २०२४ को शुरुवातमा गर्ने सम्भावना छ।
यसका लागि कम्पनीले आर्टिफिसियल इन्टिलेन्समा थप लगानी गर्नु पर्ने हुन्छ। यसका लागि स्मार्ट असिस्टेन्ट उच्चारण तथा शब्दलाई केबल एक शब्दमा बुझ्नु पर्ने हुन्छ।
प्रकाशित: २२ कार्तिक २०७९, मंगलवार