
काठमाडौं ।
चिनियाँ दूरसञ्चार कम्पनी ह्वावेद्वारा विकसित अपरेटिङ सिस्टम हार्मोनी ओएसमा सुसज्जित ह्वावे उपकरणहरूको संख्या ३२ करोड नाघेको छ, जुन वार्षिक रूपमा ११३ प्रतिशतले बढेको कम्पनीले शुक्रबार बताएको छ।
शुक्रबार दिउँसो, कम्पनीले दक्षिण चीनको गुआङ्दोङ प्रान्तको डोङगुआनमा आफ्नो ह्वावे विकासकर्ता सम्मेलन आयोजना गरेको थियो। हार्मोनीओएस अपरेटिङ सिस्टम बिस्तारै परिपक्व हुँदै गएको र चार वर्षको विकास पछि जीवन्ततासहितको पारिस्थितिक आधार बनेको कम्पनीले जनाएको छ।
चिनियाँ भाषामा होङ्गमेङ्ग भनिने हार्मोनीओएस, इन्टेलिजेन्स स्क्रिन, ट्याब्लेट, वेयरेबल डिभाइस र कारहरू सहित विभिन्न उपकरणहरू र परिदृश्यहरूको लागि डिजाइन गरिएको खुला स्रोत अपरेटिङ सिस्टम हो। यो पहिलो पटक अगस्त २०१९ मा सुरु भएको थियो। शिन्ह्वा
प्रकाशित: २० कार्तिक २०७९, आईतवार