ई–कमर्स बिजबजारको उत्सव योजनाका मेगा बम्पर विजेताहरू घोषणा

  • Technology Khabar | १८ कार्तिक २०७९, शुक्रबार
ई–कमर्स बिजबजारको उत्सव योजनाका मेगा बम्पर विजेताहरू घोषणा

काठमाडौं ।

नेपाली ई–कमर्स कम्पनी बिजबजारले बडा दसैँ, दीपावली, नेपाल संवत्, ल्होसार, छठ लगायतका महान् चाडहरूलाई दृष्टिगत गर्दै “Bizbazar भव्य उत्सव” नामक योजना चाडबाडको उमङ्ग भव्य अफर्ससँग भन्ने नाराका साथ सञ्चालनमा ल्याएको थियो। जस अन्तर्गत बिजबजारले सबै वर्गका सेवाग्राहीहरूको लागि विभिन्न क्याटेगोरिजका सामान खरिद गर्दा ७८ प्रतिशत सम्म छुटसहित बम्पर उपहारसमेत समावेश गरेको थियो।

बिजबजारले सिस्टममा आधारित लक्की ड्र मार्फत बम्पर उपहारका विजेताहरूको घोषणा गरेको छ। जस अन्तर्गत पहिलो बम्पर उपहार एमआई ६५ इन्चको टिभी तथा साउण्ड बार अविशा शर्माले प्राप्त गरेकी छन्, यसै गरी दोस्रो बम्पर उपहार रियलमीको फोनको विजेता रचना सापकोटा बनेकी छन् भने तेस्रो बम्पर उपहार सामसङ रेफ्रिजेरेटर सबिन श्रेष्ठले हात पारेका छन्।

कम्पनीले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते सञ्चालन गर्ने “२० मा BIZ” नामक अभियान अन्तर्गतको कार्तिक महिनाको अभियानको तयारी पनि पुरा हुन लागेको जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

South Korean lawmakers pass bill targeting false information despite warnings on censorship

  • Technology Khabar
  • १८ कार्तिक २०७९, शुक्रबार