ट्विटरका नयाँ मालिक इलन मस्कले किने ८ करोड डलरको निजी जेट

  • Technology Khabar | १८ कार्तिक २०७९, शुक्रबार
ट्विटरका नयाँ मालिक इलन मस्कले किने ८ करोड डलरको निजी जेट

काठमाडौं ।

माइक्रो ब्लगिङ साइट ट्विटर किनेर इलन मस्क चर्चामा छन्। यसैबीच मस्कले आधुनिक प्रविधि र धेरै सुविधाहरूले सुसज्जित निजी जेट गल्फस्ट्रिम जी७०० (G700) अर्डर गरेसँगै फेरि एकपटक चर्चामा आएका छन्। यसको डेलिभरी अर्को वर्षको सुरुमा हुने अपेक्षा गरिएको छ।

उता ट्विटरको नियन्त्रणमा आएपछि मस्कले कम्पनीमा ठूलो परिवर्तन गर्दैछन्।

अस्टोनियाको रिपोर्ट अनुसार गल्फस्ट्रिमको जी७०० को राम्रो माग रहेको छ। यसको क्याबिन लम्बाइ ५७ फिट र अधिकतम दायरा ७,५०० समुद्री माइल छ। यो विमानले एक पटकको इन्धन भराईमा अमेरिकाको अस्टिनदेखि हङकङसम्मको उडान भर्न सक्छ।

अमेरिकी विमान निर्माता गल्फस्ट्रिम एयरोस्पेस कर्पोरेशनको वेबसाइटका अनुसार जी७०० सँग उद्योगको सबैभन्दा आधुनिक र उन्नत क्याबिन प्रविधि छ। यसमा दुईओटा रोल्स रोयस इन्जिन, वाइफाइ प्रणाली र २० विन्डोज छन्। यसको मूल्य ७ करोड ८० लाख डलर छ।

गल्फस्ट्रिम जी७०० ले मस्कको हालको विमान जी६५० ईआरलाई प्रतिस्थापन गर्न सक्छ। जी७०० तीन वर्ष अघि अक्टोबरमा अनावरण भएको थियो। मस्क प्रायः यात्राको लागि निजी जेटहरू प्रयोग गर्छन्।

प्रकाशित: १८ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार