
काठमाडौं ।
मेटाको स्वामित्वको इन्स्ट्राग्राम फोटो र भिडियो सेयरिङ प्लेटफर्म हो। इन्स्ट्राग्रामको संसारका दुई बिलियनभन्दा धेरै सक्रिय प्रयोगकर्ता छन्।
सन् २०२१ मा इन्स्ट्राग्रामले ४७.६ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ।
इन्टरनेट र स्मार्टफोनको सहज उपलब्धतासँगै पछिल्लो समय सामाजिक सञ्जालले व्यापकता पाएको छ। सामाजिक सञ्जालमा रहेका फलोअर्सका आधारमा मानिसहरुको लोकप्रियता मापन गर्ने प्रचलन पनि बढ्दो क्रममा छ।
यस्ता छन् विश्वमा सबैभन्दा धेरै फलोअर्स भएका शीर्ष १० खेलाडी
क्रिस्टियानो रोनाल्डो
पोर्चुगल तथा म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको इन्स्ट्राग्राममा ४९५ मिलियन फलोअर्स छन्। उनी विश्वमा इन्स्ट्राग्राममा सबैभन्दा धेरै फलो गरिएका खेलाडी हुन्। उनको विश्वभार धेरै प्रसंसक छन्। फुटबल मैदानमा उनले प्राप्त गरेको सफलताका कारण उनको लोकप्रियता बढेको हो। उनले बालोन डीओर पाँच पटक जितेका छन्।
लिओनेल मेस्सी
अर्जेन्टिनाका कप्तान तथा पीएसजीका स्टार लिओनल मेस्सीको इन्स्ट्राग्राममा ३७१ मिलियन फलोअर्स छन्। मेस्सीले प्रतिष्ठीत बालोन डीओर ७ पटक जितेका छन्।
विराट कोहली
विराट कोहली इन्स्ट्राग्राममा सार्वाधिक फलोअर्स भएका क्रिकेट खेलाडी हुन्। उनी भारतका पूर्व कप्तान समेत हुन्। इन्स्ट्राग्राममा कोहलीको फलोअर्स २२१ मिलियन रहेका छन्।
नेयमार
ब्रालिलियन तथा पीएसजी स्टार नेयमार जुनियरको इन्स्ट्राग्राममा १८१ मिलियन फलोअर्स छन्।
लेब्रोन जेम्स
लेब्रोन जेम्स अमेरिकाका व्यवसायी बास्केटबल खेलाडी हुन्। उनको इन्स्ट्राग्राममा १३६ मिलियन फलोअर्स छन्।
डेभिड बेकहम
इंग्ल्याण्डका पूर्व खेलाडी डेभिड बेकहमको इन्स्ट्राग्राममा ७५.७ मिलियन फलोअर्स छन्।
केलियन एमबाप्पे
विश्व विजेत फ्रान्स तथा पीएसजीका स्टार खेलाडी केलियन एमबाप्पेको इन्स्ट्राग्राममा ७३.१ मिलियन फलोअर्स छन्।
रोनाल्डिन्हो
२००२ फिफा विश्वकप विजेता तथा ब्राजिलका पूर्व खेलाडी रोनाल्डिन्होको इन्स्ट्राग्राममा ६८.३ मिलियन फलोअर्स छन्।
करिम बेन्जेमा
यस वर्षको बालोन डीओर विजेता फ्रान्स तथा रियल म्याड्रिडका स्टार खेलाडी करिम बेन्जमाको इन्स्ट्राग्राममा ६०.२ मिलियन फलोअर्स छन्।
मार्सेलो भिएरा
रियल म्याड्रिडका पूर्व खेलाडी तथा ब्राजिलियन लेफ्ट ब्याक मार्सेलो भिएराको इन्स्ट्राग्राममा ५९.४ मिलियन फलोअर्स छन्।
प्रकाशित: १८ कार्तिक २०७९, शुक्रबार