
काठमाडौं ।
लामो समयको परिक्षण पछि मेटाको स्वामित्वको कम्पनी ह्वाट्सएपले आफ्नो कम्युनिटी फिचर सार्वजनिक गरेको छ। ह्वाट्सएपले विश्वव्यापी रुपमा कम्युनिटी फिचर बिहीबार सार्वजनिक गरेको टेकक्रन्चले उल्लेख गरेको छ।
साथै कम्पनीले संगठन, क्लब, विद्यालय, अन्य निजी समूहहरुलाई प्रभावकारी रुपमा सञ्चार उपलब्ध गराउन कम्युनिटी फिचर ल्याएको हो।
यसका साथै ह्वाट्सएपले अन्य फिचरका रुपमा एडिमिन कन्ट्रोल, सब-ग्रुप, अनाउसमेन्ट ग्रुप, ३२ व्यक्ति भ्वाइस र भिडियो कल, ठूलो फाइल सेयरिङ, इमोजी र पुल रहेको छ।
नयाँ फिचर अन्तर्गत ह्वाट्सएप ग्रुपमा १ हजार २४ प्रयोगकर्ताहरु जोडिन सक्छन्।
यस्तै २ जीबीसम्मको ठूलो फाइल सेयरिङ, एडमिनले म्यासेज डिलट गर्न सक्छन्।
प्रकाशित: १८ कार्तिक २०७९, शुक्रबार