टेस्लाले बेइजिङको फ्ल्यागशिप स्टोर बन्द गर्यो

  • Technology Khabar | १८ कार्तिक २०७९, शुक्रबार
टेस्लाले बेइजिङको फ्ल्यागशिप स्टोर बन्द गर्यो

काठमाडौं ।

टेस्लाले चीनमा आफ्नो फ्ल्यागशिप स्टोर बन्द गरेको छ। चीनको राजधानी बेइजिङको अपस्केल डाउनटाउन मलको दोस्रो फ्लोरमा रहेको फ्ल्यागशिप स्टोर टेस्लाले बन्द गरेको हो।

यो टेस्लाको चीनमा खोलिएको पहिलो शोरुमा थियो। अक्टोबरमा बन्द हुनु अघि नौ वर्षसम्म सञ्चालन भएको छ। टेस्लाले चीनमा आफ्नो बिक्री रणनीतिको पुनमूल्यांकनको रुपमा यस्तो कदम लिइएको बुझिएको छ।

अटोमोटिभन्यूजका अनुसार चिनियाँ अधिकारीहरुले टेस्लाले आधिकारिक रुपमा गत महिना स्टोर बन्द गरेको पुष्टी गरेका छन्। कम्पनीले उपनगरीय क्षेत्रहरुमा आफ्नो स्टोर राख्नेतर्फ ध्यान केन्द्रित गर्न खोजेको छ।

पुरानो दुई तलाको शोरुमलाई पार्कभ्यू ग्रीन मलमा सानो स्थानमा स्थान्तरण गरिएको छ। जुन बेइजिङको आवासीय जिल्ला चाओवाईको मुख्य स्थान हो।

टेस्लाले चीनमा २०० भन्दा बढी शोरुम सञ्चालन गरिहरेको छ।

प्रकाशित: १८ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार