डेटिङ एपमा खर्च गर्ने बढे

  • Technology Khabar | १७ कार्तिक २०७९, बिहीबार
डेटिङ एपमा खर्च गर्ने बढे

काठमाडौं ।

जीवनयापनको लागत बढेसँग उपभोक्ताहरुले भिडियो स्ट्रिमिङदेखि खानोकुरा खरिदमा पनि कम खर्च गरिरहेका छन्। यस्तो अवस्थामा पनि मानिसहरु डेटिङमा खर्च कटौती गर्न तयार देखिएका छैनन्।

टिन्डरका अनुसार जुलाई–सेप्टेम्बरमा विश्वभर डेटिङ एपमा सःशुल्क सदस्यताको संख्या ७ प्रतिशतले बढेको छ।

हिज र ओकेक्यूपिडको स्वामित्वमा रहेको म्याच ग्रुपले यो क्वाटरमा समग्र बिक्री ८१० मिलियन अमेरिकी डलर गरेको बीबीसीले उल्लेख गरेको छ।

कम्पनीले विश्वव्यापी आर्थिक मन्दीको असर देखिन थालेको चेतावनी दिएको छ।

विश्वको लोकप्रिय डेटिङ एक मध्येको एक टिन्डरको पछिल्लो तीन महिनामा यसको बिक्री र प्रयोगकर्ता संखया बढेको देखिन्छ।

फर्मले आफ्नो सेवाको निःशुल्क भर्सन पनि प्रदान गर्दछ। यसले प्रयोगकर्ताहरुलाई आफ्नो डेस्कटपबाट दायाँ र बायाँ स्वाइप गर्न दिने सुविधा फिर्ता गर्न मद्दत गरेको बताएको छ।

म्याचका करिब १० करोड सक्रिय प्रयोगकर्ताहरु छन्। जसमध्ये टिन्डरको ठूलो हिस्सा छ।

प्रकाशित: १७ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार