भारतमा सरकारी कम्पनी बीएसएनएलले २०२३ मा मात्र फोरजी सेवा दिने

  • Technology Khabar | १७ कार्तिक २०७९, बिहीबार
भारतमा सरकारी कम्पनी बीएसएनएलले २०२३ मा मात्र फोरजी सेवा दिने

काठमाडौं ।

भारतमा रिलायन्स जियो र एयरटेल जस्ता ठूला कम्पनीहरूले भर्खरै फाइभजी ल्याएका छन् तर भारतीय सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी भारत संचार निगम लिमिटेड (बीएसएनएल)ले भने अझै फोरजी सेवा दिन सकेको छैन।

एक समय थियो जब भारतको दूरसंचार क्षेत्रमा सरकारी अपरेटर बीएसएनएलको प्रभुत्व थियो, तर अहिले भने त्यस्तो छैन।

एक मिडिया रिपोर्टअनुसार हाल बीएसएनएलले थ्रीजी नेटवर्कको सुविधा उपलब्ध गराएसँगै अब फोरजी नेटवर्क ल्याउने पनि पूर्ण तयारी गरिरहेको छ। कम्पनीले चाँडै नै भारतभर आफ्नो ४जी नेटवर्क सुरु गर्न सक्छ।

हालै ट्विटरमा एक भारतीय प्रयोगकर्ताले बीएसएनएल इन्डियालाई ट्याग गरेर ४जी कहिले सुरु हुन्छ भनेर सोधेका थिए। त्यो ट्वीटको जवाफ दिँदै बीएसएनएलले फोरजी लन्चको सही मिति बताउन सजिलो नभएको तर बीएसएनएलले पुनरुत्थान प्याकेजमा ४जी लाइसेन्स प्राप्त गरेको बताएको छ।

कम्पनीकाअनुसार स्वदेशी उपकरण पनि आपूर्ति भइरहेको छ र तिनीहरूको इन्स्टलपछि फेब्रुअरी-मार्च २०२३ मा सुरु हुने आशा गरेको छ।

प्रकाशित: १७ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...