एक्सपेङ्गले चीनको गुआन्झाउमा अटोनोमस ड्राइभिङको सार्वजनिक परीक्षण शुरु गर्ने

  • Technology Khabar | १७ कार्तिक २०७९, बिहीबार
एक्सपेङ्गले चीनको गुआन्झाउमा अटोनोमस ड्राइभिङको सार्वजनिक परीक्षण शुरु गर्ने

काठमाडौं ।

एक्सपेङ्गले सोमबार आफ्नो जी९ इलेक्ट्रिक एसयूभी चीनको गुआन्झाउमा सार्वजनिक सडकहरूमा एक स्वायत्त सवारी साधन अर्थात अटोनोमस भेहिकलको रूपमा परीक्षण शुरु गर्न अनुमति प्राप्त गरेको छ।

कम्पनीले चालकको सिटमा मानव सुरक्षा अपरेटरको साथ सकेसम्म चाँडो सानो फ्लीटको परीक्षण सुरु गर्ने टेकक्रन्चले जनाएको छ।

यो एक्सपेङ्गको लागि कोसेढुङ्गा हो किनभने यसले भविष्यमा रोबोटट्याक्सी सञ्चालनका लागि आफ्ना सवारी साधनहरू प्रयोग गर्ने लक्ष्य राखेको छ।

‘जी९ चीनमा यस्तो परीक्षणको लागि योग्य हुने पहिलो ठूलो उत्पादन भएको गाडी हो,’ एक्सपेङ्गले दाबी गर्दछ। कम्पनीले उत्पादन लागत कम गर्न र आफ्ना सवारी साधनहरूलाई व्यापारिक रूपमा व्यवहार्य बनाउनको लागि स्वायत्त एप्लिकेसनहरू र व्यक्तिगत बिक्री सहित दोहोरो उद्देश्यहरूको लागि ईभी प्रयोग गर्ने दृष्टिकोण पछ्याउँदैछ।

यो विशेष गरी एर्गो एआई बन्दको कारणले पनि महत्त्वपूर्ण छ, फोर्ड र फक्सवागनले इन-हाउस-बिल्ट एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम (ADAS) जस्ता निकट-अवधिको शर्तलाई प्राथमिकता दिन कम्पनीबाट आफ्नो लगानी झिकेका छन्।

एक्सपेङ्गको जी ९ गएको सेप्टेम्बरमा यात्रुवाहक गाडीको रूपमा अनावरण गरिएको थियो र कुनै हार्डवेयर परिमार्जन बिना रोबोट्याक्सी एप्लिकेसनहरूको लागि परीक्षण गरिनेछ। जी९ को हाई इण्ड संस्करणहरू एनभीडीयाको ड्राइभ ओरिन चिप्साक साथ बनाइनेछ र अगाडि दृश्य क्यामरा र डुअल लाइडर सेन्सर सहित ३१ सेन्सरहरूमा निर्भर हुनेछ। यसको अर्थ रोबोट्याक्सी सञ्चालनका लागि परीक्षण भइरहेको सवारीसाधन निजी यात्रुहरूलाई बेचिने सवारी साधन हो। फरक सफ्टवेयरमा मात्र हुनेछ।

प्रकाशित: १७ कार्तिक २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...