क्यान महासंघका अध्यक्ष कुंवर असोसियोको उपाध्यक्षमा निर्वाचित

  • Technology Khabar | १६ कार्तिक २०७९, बुधबार
क्यान महासंघका अध्यक्ष कुंवर असोसियोको उपाध्यक्षमा निर्वाचित

काठमाडौं ।

कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का अध्यक्ष नवराज कुंवर एशियन-ओसियन कम्प्युटिङ ईण्डष्ट्रि अर्गनाईजेशन- असोसियो (Asian-Oceanian Computing Industry Organization – ASOCIO) को सन् २०२३ -२४ कार्यकालको निम्ति उपाध्यक्षमा निर्वाचित भएका छन्।

सिंगापुरमा गत हप्ता सम्पन्न असोसियोको वार्षिक साधारणसभामा भएको निर्वाचनबाट क्यान महासंघको प्रतिनिधित्व गर्दै कुंवर सो पदमा निर्वाचित भएका हुन् । यसअघि उनी सन् २०२२ को जनवरीदेखि क्यान महासंघबाट प्रतिनिधित्व गर्दै असोसियोको सह-उपाध्यक्षको जिम्मेवारीमा थिए। कुंवर सन् २०१९ मा क्यान महासंघको अध्यक्ष निर्वाचित भएका हुन्।

इन्फर्मेशन सर्भिस ईण्डष्ट्रि एशोसियसन ताईवानका अध्यक्ष ब्रायन शेनको अध्यक्षतामा निर्वाचित ९ सदस्यीय समितिमा नेपाल लगायत जापान, थाइल्याण्ड, दक्षिण कोरिया, हंगकंग, भियतनाम, मलेशिया र सिंगापुरका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भए।

एशिया प्रशान्त क्षेत्रका विभिन्न २४ देशमा रहेका सुचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनहरु सदस्य रहेको असोसियो सन् १९८४ मा जापानको राजधानी टोकियोमा स्थापना भएको हो।

कुंवर उपाध्यक्षमा निर्वाचित भएकोमा र असोसियोमा उनको प्रतिनिधित्वले बदलिंदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुंच एवं सुचना तथा संचार प्रविधि मार्फत समृद्ध नेपाल बनाउने क्यान महासंघको प्रयासमा मदत पुग्ने क्यानले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार