३ महिनामा २ लाख ७२ युनिट राउटर आयात

  • Technology Khabar | १६ कार्तिक २०७९, बुधबार
३ महिनामा २ लाख ७२ युनिट राउटर आयात

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीनमा २ लाख ७२ हजार २९२ युनिट राउटर आयात भएको छ।

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको असोज मसान्तसम्म ९८ करोड ३१ लाख ३४ हजार रुपैयाँ बराबरको २ लाख ७२ हजार २९२ युनिट राउटर आयात भएको छ।

चालु आवको भदौ मसान्तसम्म ७७ करोड ८५ लाख ५१ हजार रुपैयाँ बराबरको २ लाख २३ हजार ३१२ युनिट राउटर आयात भएको थिए।

असोज महिनामा मात्रै २० करोड ४५ लाख ८३ हजार रुपैयाँको राउटर आयात भएको छ। एक महिनामा ४८ हजार ९८० युनिट राउटर आयात भएको छ।

नेपालमा १२ मुलुकबाट राउटर आयात हुने गरेको देखिएको छ।

सबैभन्दा धेरै राउटर चीनबाट आयात हुने गरेको छ। चीनबाट ९७ करोड १२ लाख ९७ हजार रुपैयाँ बराबरको २ लाख ७० हजार ४५१ युनिट राउटर आयात भएको थियो।

५५ लाख ९७ हजार रुपैयाँ बराबरको १०३० युनिट राउटर ताइवानबाट आयात भएको छ।

भारतबाट १९ लाख ८१ हजार रुपैयाँ बराबरको ५१० युनिट राउटर आयात भएको छ।

नेपालमा यी माथिका मुलुक बाहेक हङकङ, लाटभिया, मलेसिया, मेक्सिको, कतार, साउदी अरब, सिगापुर, यूएई र अमेरिकाबाट राउटर आयात भएको विभागको तथ्यांकमा देखिन्छ।

प्रकाशित: १६ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...