डाइमेनसिटी ९२०० नोभेम्बर ८ मा सार्वजनिक हुने

  • Technology Khabar | १६ कार्तिक २०७९, बुधबार
डाइमेनसिटी ९२०० नोभेम्बर ८ मा सार्वजनिक हुने

काठमाडौं ।

मिडियाटेकको नयाँ चिप डाइमेनसिटी ९२०० नोभेम्बर ८ मा सार्वजनिक हुने भएको छ। जीएसएमएरिनाका अनुसार ताइवानी कम्पनीले आफ्नो फ्ल्यागसिप चिप आगामी मंगलबार सार्वजनिक गर्ने तयारी गरेको छ।

क्वालकमको स्न्यापड्रागन ८ जेन २ मध्य नोभेम्बरमा सार्वजनिक हुने चर्चा छ।

बाहिरिएको विवरण अनुसार समग्र पर्फमेन्समा ठूलो वृद्धि देखिएको छ। अनटुटुमा १.२६ मिलियन प्वाइट जुन डाइमेनसिटी ९००० भन्दा २६ प्रतिशत सुधार हो।

स्रोतका दाबी अनुसार चिपमा कोरटेक्स-एक्स३ प्राइम सीपीयू कोर फिचर गरिएको छ। जसले कच्चा कार्यसम्पादनमा २५ प्रतिशत वृद्धि ल्याउने अनुमान गरिएको छ।

प्रारम्भिक बेन्चर्माहरुले यसलाई एप्पलको ए१६ बायोनिक भन्दा बढी शक्तिशाली देखाएको छ।

प्रकाशित: १६ कार्तिक २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...