ह्वावे ट्याब्लेट मेटप्याड एसई १०.४ सार्वजनिक

  • Technology Khabar | १५ कार्तिक २०७९, मंगलवार
ह्वावे ट्याब्लेट मेटप्याड एसई १०.४ सार्वजनिक

काठमाडौं ।

ह्वावेको नयाँ ट्याब्लेट मेटप्याड एसई १०.४ विश्वबजारमा सार्वजनिक भएको छ।

गिज्मोचाइनाका अनुसार कम्पनीले डिभाइसको स्पेसिफिकेशनको जानकारी दिए पनि मूल्य र उपलब्धता सम्बन्धी जानकारी बाहिर ल्याएको छैन।

ट्याब्लेटमा ठूलो डिस्प्ले स्न्यापड्रागन ६ सिरिज चिपसेट, हरमोनीओएस र ठूलो ब्याट्री दिइएको छ।

ह्वावे मेटप्याड एसई १०.४ मा रहेको १०.४ इन्चको आईपीएस एलसीडी डिस्प्ले २००० वा १२०० पिक्सलको रिजोल्युसन र १५ः९ अस्पेक्सट रेसियो प्रदान गर्छ।

डिभाइस नयाँ हरमोनीओएसबाट सञ्चालन हुन्छ र सेक्रेटिका लागि फेस रिकोनाइजेसन दिइएको छ।

ह्वावे मेटप्याड एसई १०.४ मा स्न्यापड्रागन ६८० चिपसेट दिइएको छ। ट्याब्लेट दुई र्याम भेरियन्ट ३ जीबी र ४ जीबीमा उपलब्ध छ। दुवै र्याम भेरियन्ट ३२ जीब, ६४ जीबी र १२८ जीबी स्टोरेजमा उपलब्ध भने एसडी कार्डको मद्दतबाट स्टोरेज क्षमता बढाउन सकिन्छ।

५००० एमएएच ब्याट्रीले १० वाट चार्जिङ सपोर्ट गर्छ। सेल्फी र भिडियो कलका लागि फ्रन्टमा २ मेगापिक्सल र पछाडि ५ मेगापिक्सलको क्यामरा दिइएको छ।

प्रकाशित: १५ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...