विश्वव्यापी ट्याब्लेट बजार १६ प्रतिशतले घट्यो, एप्पलको अग्रता कायम

  • Technology Khabar | १५ कार्तिक २०७९, मंगलवार

काठमाडौं ।

विश्वव्यापी ट्याब्लेट बजार १६ प्रतिशतले घटेको छ। गत वर्षको तेस्रो त्रैमासको चुलनामा चालु वर्षको सोही अवधिमा ट्याब्लेटको बजार १६ प्रतिशतले घटेको हो।

ट्याब्लेट बजारको ३९ प्रतिशत सेयर सहित एप्पलले आफ्नो अग्रता कायम राखेको छ। यो अवधिमा एप्पलले १४.७ मिलियन युनिट ट्याब्लेट ढुवानी गरेको दन्यूइन्डियनएक्सप्रेसले उल्लेख गरेको छ।

रिपोर्टका अनुसार गत वर्षको तेस्रो त्रैमासको तुलनामा चालु अवधिमा एप्पलको बजा १४ प्रतिशतले घटेको छ।

१९ प्रतिशत बजार सेयर सहित सामसङ दोस्रो र १० प्रतिशत सेयर सहित अमेजन शीर्ष तीन स्थानमा लिन सफल भएका छन्।

यो अवधिमा सामसङले ७.२ मिलियन युनिट ट्याब्लेट ढुवानी गरेको छ। गत वर्षको तुलनामा चालु वर्षमा सामसङको बिक्री ४ प्रतिशतले घटेको छ।

३.७ मिलियन युनिट ट्याब्लेट बिक्री गरेको अमेजनको बिक्री ५ प्रतिशतले घटेको छ।

विश्वअर्थ व्यवस्था कमजोर हुनु र उपभोक्ताको क्रयशक्तिमा ह्रास आउँदा ट्याब्लेटको बजार घटेको हो।

प्रकाशित: १५ कार्तिक २०७९, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार