
काठमाडौं ।
उच्चस्तरीय “स्टार्टअप” संयन्त्र निर्माण गर्ने योजनासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन-२०७९ को लागि आफ्नो प्रतिबद्धता सार्वजनिक गरेको छ।
राप्रपाले चुनावी घोषणा पत्रमा नवीनतम सूचना प्रबिधि (डिजीटल समेत) लगायत अन्य विभिन्न क्षेत्रमा स्वदेशी/विदेशी विज्ञ, नविनतम प्रविधि निर्माणकर्ता समदाय, उद्यमीहरु र बहराष्ट्रिय कम्पनीहरुलाई आकर्षित गर्न उच्चस्तरीय “स्टार्टअप” संयन्त्र निर्माण गर्ने उल्लेख गरेको छ।
यसका साथै ‘समष्टिगत अर्थतन्त्र : समतामूलक सम्वृद्धि’ अन्तरगत सूचना प्रविधिमा आधारित बनाई थप मितव्ययी र पारदर्शी सार्वजनिक खर्च प्रणाली तयार पार्ने समेत बताएको छ।
राप्रपाले अनुसन्धानकर्ता डा. महावीर पुन र अन्य अनुसन्धानकर्ता तथा सम्बन्धित अनुसन्धानशालालाई राज्यको तर्फबाट पूर्ण सहयोग दिने व्यवस्था लागू गर्ने प्रतिबद्धता जनाएको छ।
यस्तो छ प्रतिबद्धता पत्रको पूर्ण पाठ-
rpp manifestoप्रकाशित: १४ कार्तिक २०७९, सोमबार