ट्विटरका पूर्व सह-संस्थाक ज्याक डोर्सी नयाँ सामाजिक एप ‘ब्लुस्काई’ को बिटी परीक्षण गर्दै

  • Technology Khabar | १४ कार्तिक २०७९, सोमबार
ट्विटरका पूर्व सह-संस्थाक ज्याक डोर्सी नयाँ सामाजिक एप ‘ब्लुस्काई’ को बिटी परीक्षण गर्दै

काठमाडौं ।

ट्विटरका पूर्व सह-संस्थापक ज्याक डोर्सीले नयाँ समाजिक सञ्जाल ल्याउने भएको छ। डोर्सीले नयाँ सामाजिक सञ्जाल एपको बेटा भर्सन परीक्षण गरिरहेको नोभीनाइटले उल्लेख गरेको छ।

बिहीबार मस्कले कम्पनीको नियन्त्रण लिएको एक हप्ता अघि डोर्सीले विकेन्द्रीकृत सामाजिक एप ब्लूस्काईको बिटा परीक्षण गरिरहेको घोषणा गरेका हुन्।

‘अर्को चरण प्रोटोकल परीक्षण शुरु गर्नु हो। वितरित प्रोटोकल विकास एक कठिन प्रक्रिया हो,’ कम्पनीले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘एक पटक नेटवर्क स्थापना भएपछि यसलाई धेरै पक्षहरुबाट समन्वयन आवश्यक छ। त्यसैले हामी यसलाई बाहिर निकाल्न निजी बिटामा शुरु गर्न जाँदैछौं।’

‘हामीले बिटा परीक्षण गर्दा प्रोटोकल स्पेकहरु पुनरावृत्ति जारी राख्नेछौं। त्यसपछि यसले करी काम गर्छ भन्ने बारेमा विवरणहरु साझा गर्नेछौं।’जब यो तयार हुन्छ। हामी खुला बिटामा जान्छौं।’ विज्ञप्तिमा थपिएको छ बिटा परीक्षणको सकिएपछि साइन अप गर्न लिंक सेयर गर्नेछौं।

प्रकाशित: १४ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार