भिभो चीनको नम्बर वान स्मार्टफोन ब्रान्ड

  • Technology Khabar | १४ कार्तिक २०७९, सोमबार
भिभो चीनको नम्बर वान स्मार्टफोन ब्रान्ड
चिनियाँ स्मार्टफोन ब्राण्ड भिभोको नेपाल कार्यालय। फाइल तस्बिर

काठमाडौं ।

२०२२ को तेस्रो क्वाटरको भिभो चीनको नम्बर वान स्मार्टफोन ब्रान्ड बनेको छ। जीएसएमएरिनाका अनुसार गत वर्षको तेस्रो क्वाटरको तुलनामा यस वर्षको सोही अवधिमा भिभोको बिक्री २० प्रतिशतले घटे पनि शीर्ष स्थानमा रहेको छ। भिभौको सहायक कम्पनी आईक्यूओओले राम्रो बिक्री गर्दा भिभो चीनको नम्बर वान कम्पनी बन्न सफल भएको हो।

गत वर्षको तेस्रो क्वाटरमा चीनका स्मार्टफोनको बिक्री ११ प्रतिशतले घटेर ७१.३ मिलियन युनिट पुगेको छ। प्रिमियम सेग्मेन्टको स्मार्टफोनको बिक्री १.९ प्रतिशतले बढेको छ। चीनमा प्रिमियम सेग्मेन्टको स्मार्टफोनको बजार हिस्सा २२.४ प्रतिशत छ।

चीनमा बिक्री हुने स्मार्टफोन मध्ये शीर्ष ४ स्थानमा चिनियाँ कम्पनी छन् भने चीन बाहिरको कम्पनीको रुपमा एप्पल मात्र शीर्ष पाँच स्थानमा रहेको छ।
शीर्ष ५ कम्पनीमा भिभो, अनर, ओप्पो, एप्पल र शाओमी क्रमश १ देखि ५ औं स्थानमा रहेको आईडीसीको रिपोर्टमा देखिन्छ।

दोस्रो स्थानमा रहेको अनरको बिक्री गत वर्षको सोही अवधिको तुलनामा ९.१ प्रतिशतले घटेको छ। अनरको बजार हिस्सा २७.९ प्रतिशत रहेको छ।

ओप्पोको गत वर्षको तुलनामा चालु अवधिमा २७.९ प्रतिशत बिक्री घटेको छ।

उता एप्पलको बजार हिस्सा चीनमा ११.६ प्रतिशत छ।

गत वर्षको सोही अवधिको तुलनामा शाओमीको बिक्री १७.९ प्रतिशतले घटेको छ। चीनमा शाओमीको बजार हिस्सा ९ प्रतिशत छ।

चिनियाँ कम्पनीहरुले चालु क्वाटरमा बिक्री घट्दा अमेरिकी कम्पनी एप्पलको भनेको बिक्री बढेको छ। गत वर्षको सोही अवधिको तुलनामा एप्पलको बिक्री २.५ प्रतिशतले बढेको छ।

प्रकाशित: १४ कार्तिक २०७९, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार