काठमाडौं ।
जर्मनीको कार कम्पनी फक्सवागनले सन् २०३३ सम्म विशेष रुपमा युरोपमा इलेक्ट्रिक कारहरु उत्पादन गर्ने भएको छ। कम्पनीले महाद्वीपमा निर्धारित समयभन्दा दुई वर्ष अघि पेट्रोल र डिजेलबाट चल्ने कारहरुको उत्पादन बन्द गर्ने भएको हो।
युरोपियन युनियनले सन् २०३५ सम्म युरोपमा डिजेल र पेट्रोलबाट चल्ने नयाँ सवारीको खरिद बिक्रीमा प्रतिबन्द लगाउने निर्णय गरेको छ।
जुन २०२१ मा फक्सवागनका प्यासेन्जर कार बिक्री प्रमुख क्लाउस जेल्मरले जर्मन कार निर्माताले २०३३ र २०३५ को बीचमा युरोपमा पेट्रोल र डिजल कारको उत्पादन बन्द गर्ने बताएका थिए।
अहिले भर्खर नियुक्त भएका फक्सवागन प्यासेन्जर कारका सीईओ थोमस स्याफरले कार निर्माताले सन् २०३३ सम्ममा युरोपमा इलेक्ट्रिक कारहरु मात्र बिक्री गर्ने पुष्टि गरेको ड्राइभ अस्ट्रेलियाले उल्लेख गरेको छ।
फक्सवागनले २०३३ पछि पनि अमेरिका, चीन र अस्ट्रेलिया लगयात प्रमुख बजारको लागि पेट्रोल र डिजलबाट सञ्चालित कारहरु उत्पादन जारी राख्नेछ।
प्रकाशित: १३ कार्तिक २०७९, आईतवार