इलन मस्कको ट्विटर सम्झौतासँगै डजीक्वाइनको मूल्यमा छलाङ

  • Technology Khabar | १३ कार्तिक २०७९, आईतवार

काठमाडौं ।

क्रिप्टोकरेन्सी डजीक्वाइनको मूल्यमा शनिबार छलाङ आएको छ। डजीक्वाइन शनिबार ७० प्रतिशतभन्दा बढिले बढेको छ। इलन मस्कले गत हप्ता ४४ बिलियन अमेरिकी डलरमा ट्विटर खरिद गरेसँगै डजीक्वाइन एक दिनमै ७० प्रतिशतले बढेको हो।

टेस्लाका सीईओ इलन मस्कलाई क्रिप्टोकरेन्सीको समर्थकको रुपमा लिइने गरिन्छ। उनले गर्ने गतिविधिले डजीक्वाइन र बिटक्वाइनको मूल्यमा महत्वपूर्ण प्रभाव रहँदै आएको छ।

यस वर्षको शुरुमा टेस्लाले आफ्नो उत्पादनको भुक्तानीको रुपमा डजीक्वाइन लिन थालेको छ। मस्कले भर्खर लन्च गरेको परफ्यूम लाइनले डजीक्वाइन स्वीकार गर्दछ।

मस्कको ट्विटर अधिग्रहणमा क्रिप्टोकरेन्सी एक्सचेन्ज बिनान्सको ५०० मिलियन अमेरिकी डलर योगदान गरेको रोयटर्सले उल्लेख गरेको छ।

ब्लकचेन टेक्नोलोजी र क्रिप्टोकरेन्सीहरुले ट्विटरलाई कसरी फाइदा पुर्याउन सक्छ भनेर मस्कले विचारहरु तयार गरिरहेको दाबी गरिएको छ।

ट्विटरका पूर्व सीईओ ज्याक डोर्सी पनि बिटक्वाइनका समर्थक हुन्। सह–संस्थापक इभान विलियम्सले ट्विटरले ब्लकचेन प्रविधि कसरी लागू गर्ने तर्फ अग्रसर थिए।

यस महिना मस्कले ‘सबै कुरा एप’ निर्माण गर्न ट्विटर किन्न लागेको भनेर ट्वीट गरेका थिए।

विच्याट लगायत एशियाली कम्पनीहरुले प्रयोगकर्ताहरुलाई म्यासेज मात्र पठाउन मात्र नभई भुक्तान गर्न अनलाइन किनमेल गर्न र क्याबको बुक गर्न सक्षम बनाएको छ। यसमा सबै समावेशी सफ्टवेयरको अवधारणा पहिलो पटक देखा पर्यो।

डजीक्वाइन समाजिक सञ्जालमा मजाकको रुपमा शुरु भएको थियो। इलन मस्कले यस बारेमा ट्वीट गर्न अघिसम्म यो अज्ञात जस्तै थियो। उनले यसलाई ‘पिपुल क्रिप्टो’ को रुपमा लेबल गरे। यसलाई सट्टेबाजले स्वर्गमा परिणत गरे।

प्रकाशित: १३ कार्तिक २०७९, आईतवार

तपाइको प्रतिक्रिया