
काठमाडौं ।
ट्विटरले आफ्नो प्लेटफर्ममा राखिने कन्टेन्टहरुको बारेमा निर्णय गर्न सामग्री मध्यस्थता परिषद् गठन अर्थात ‘कन्टेन्ट मोडरेसन काउन्सिल’ गर्ने भएको छ। प्रमुख विषयहरुमा सो परिषदले गर्ने निर्णय नै अन्तिम हुने र सोहि आधारमा थप कदम चालिने भएको छ।
त्यस्तै हालका लागि त्यो परिषद् गठन हुनु अघि कुनै पनि प्रमुख सामग्री निर्णयहरू वा खाता पुनर्स्थापना नहुने बताएका छन्।
ट्विटरका नयाँ मालिक इलन मस्कले एक ट्वीटमार्फत मध्यस्थता परिषद् गठन गर्ने बारेमा जानकारी दिएका हुन्।
“ट्विटरले व्यापक रूपमा विविध दृष्टिकोणका साथ सामग्री मध्यस्थता परिषद् गठन गर्नेछ। कुनै पनि प्रमुख सामग्री निर्णयहरू वा खाता पुनर्स्थापना त्यो परिषद् भेला हुनु अघि हुनेछैन,” उनले लेखे।
तर सो परिषद गठन नभएसम्मका लागि अहिलेको ट्विटर कन्टेन्ट मोडरेसन नीतिमा भने कुनै परिवर्तन नहुने बताएका छन्।
To be super clear, we have not yet made any changes to Twitter’s content moderation policies https://t.co/k4guTsXOIu
— Elon Musk (@elonmusk) October 29, 2022
अर्को सोसल मिडिया कम्पनी मेटाले पनि यसअघि फेसबुकमा सामग्रीहरु अनुगमन गर्न त्यस्तै सर्वोच्च निकाय गठन गरेर काम गर्दै आएको छ।
प्रकाशित: १२ कार्तिक २०७९, शनिबार