एप्पलले भारतमा आईफोन १४ प्रोको आपूर्ति बढाउने

  • Technology Khabar | १२ कार्तिक २०७९, शनिबार
एप्पलले भारतमा आईफोन १४ प्रोको आपूर्ति बढाउने

काठमाडौं ।

विश्वभर लोकप्रिय आईफोन बनाउने अमेरिकी कम्पनी एप्पलले भारतको केन्द्र सरकारलाई देशमा आईफोन १४ प्रोको आपूर्ति बढाउने आश्वासन दिएको छ।

भारतको राजधानीका मोबाइल पसलहरूमा नै कम्पनीको नयाँ आईफोन सिरिजको मोडलको स्टक नपुगेको भन्दै विद्युतीय तथा सूचना प्रविधि राज्यमन्त्री राजीव चन्द्रशेखरले कम्पनीसँग कुरा गरेका हुन् ।

चन्द्रशेखरले आईफोन १४ प्रोको माग बढेको र एप्पलले आपूर्तिमा अभावको समस्यालाई सम्बोधन गरिरहेको बताए । उनले ट्विट गर्दै भने, “मैले एप्पलसँग कुरा गरेको छु र कम्पनीले आईफोन १४ को माग भारतमा उत्पादनबाट पूर्ति भइरहेको बताएको छ। आईफोन १४ प्रोको माग बढेको छ र यसको आपूर्ति कम छ, जुन कम्पनीले ठिक गरिरहे छ। काम गरिरहेको छ।”

विगत केही हप्तादेखि, एप्पलको आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स दिल्ली र वरपरका स्टोरहरूमा स्टकमा नभएको र केही विक्रेताहरूले यी स्मार्टफोनहरूलाई कालो बजारमा बेचिरहेको त्यहाँ गुनासोहरू छन्।

यी दुबै स्मार्टफोनको बिक्री १६ सेप्टेम्बरबाट सुरु भएको थियो।कमजोर मागको कारण एप्पलले आईफोन १४ प्लसको उत्पादन कटौती गरेको यस हप्ताको सुरुमा यो रिपोर्ट गरिएको थियो।

तर, कम्पनीले नयाँ आईफोन सिरिजको महँगो स्मार्टफोन आईफोन १४ प्रोको उत्पादन बढाएको छ। कुल उत्पादनमा आईफोन १४ प्रोको हिस्सा बढेर ६० प्रतिशत पुगेको छ। कम्पनीले सुरुमा यसलाई ५० प्रतिशतमा राख्ने योजना बनाएको थियो।

प्रकाशित: १२ कार्तिक २०७९, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १२ कार्तिक २०७९, शनिबार