
काठमाडौं ।
शाओमीले चीनमा नयाँ ल्यापटप शाओमी बुक एयर १३ सार्वजनिक गरेको छ। शाओमीले दुई भेरियन्टमा शाओमी बुक एयर १३ सार्वजनिक गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
कम्पनीले कोर आई ७-१२५० यू सीपीयू र आई५-१२३०यू सीपीयू भेरियन्टमा शाओमी बुक एयर १३ सार्वजनिक गरेको हो।
१२ औं जेनेरेसनको दुबै ल्यापटपमा १६ जीबीको एलपीडीडीआर५ ५२००मेगाहर्ज र्याम र ५१२ जीबीको स्टोरेज छ।
शाओमी बुक एयर १३ मा १३.३ इन्चको ई४ ओएलईडी डिस्प्ले छ। जसको रिजोल्युसन २८८० वाई १८०० पिक्सल, ६०० निट ब्राइटनेस छ।
शाओमी बुक एयर १३ कम्पनीद्वारा प्रस्तुत गरिएको हालसम्मको सबैभन्दा पातलो र हल्का ल्यापटप भएको दाबी गरिएको छ। ल्यापटप एल्युमिनियमबाट बनेको छ।
ल्यापटप १२ एमएम मोटो र तौल करिब १.२ किलो छ। यो केवल सेतो कलरमा मात्र उपलब्ध छ।
कनेक्टीभिटीका लागि दुई थन्डरबोल्ट ४ कनेक्टर र ३.५ एनएम अडियो ज्याक दिइएको छ। ६५ वाटको एडाप्टरले ५८.३ किलोवाट ब्याट्री चार्ज गर्छ।
प्रकाशित: १२ कार्तिक २०७९, शनिबार