Technology Khabar ११ कार्तिक २०७९, शुक्रबार
काठमाडौं ।
महिलाको तस्विर दुरुपयोग गरी सामाजिक सञ्जालमा लेखी प्रकाशन तथा प्रशारण गरी गैरकानूनी कार्य गर्ने एक व्यक्ति पक्राउ परेका छन्।
महिलाको श्रीमानको जाहेरीले, पीडित महिला र सम्मानीत व्यक्तिको तस्वीर दुरुपयोग गरी सार्वजनिक नैतिकता र शिष्टाचार विरुद्धका सामाग्री सामाजिक सञ्जालमा लेखी प्रकाशन तथा प्रशारण गरी चरित्रहत्या एवं समाजिक नैतिकता विरूद्धका कार्य गरेको आरोपमा प्रहरीले तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं ८ का रविन्द्र भण्डारीलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो।
भण्डारीलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट मिति कात्तिक २ गते पक्राउ अनुमती लिई प्रहरीको साईबर ब्यूरोबाट खटिगएको टोलीले जिल्ला प्रहरी कार्यालय तनहुँको सहयोगमा मिति ३ गते पक्राउ गरेको हो।
पक्राउ व्यक्तिलाई काठमाडौं जिल्ला अदालतको २०७९ कात्तिक ४ गतेको आदेशले ६ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भई रहेको ब्यूरोले जनाएको छ।
प्रकाशित: ११ कार्तिक २०७९, शुक्रबार