लोटस इलेट्रे हाइपर-एसयूभी आधिकारिक रूपमा १ लाख १४ हजार डलरबाट चीनमा उपलब्ध

  • Technology Khabar | ११ कार्तिक २०७९, शुक्रबार
लोटस इलेट्रे हाइपर-एसयूभी आधिकारिक रूपमा १ लाख १४ हजार डलरबाट चीनमा उपलब्ध

काठमाडौं ।

लोटस कारको पहिलो पूर्ण-विद्युतीय ‘इलेट्रे’ हाइपर-एसयूभी बिक्रीमा गएको छ, जुन यो मार्चको अन्त्यमा घोषणा गरिएको थियो।

गिलीको स्वामित्वमा रहेको अटोमेकरले गएको मंगलबारको ग्लोबल लन्च कार्यक्रममा आधिकारिक रूपमा इलेट्रे उपलब्ध गराएको छ। चीनमा दुई संस्करणहरू प्रदान गर्दै ८२८,००० युआन (१,१४,००० डलर) को सुरुवाती मूल्यमा डेलिभरी मार्च २०२३ मा सुरु हुनेछ।

लोटस इलेट्रे एक अल इलेक्ट्रिक मिड साइज एसयूभी हो।

इलेट्रे एस प्लस र इलेट्रे आर प्लस गरी यो चीनमा दुई संस्करणहरूमा उपलब्ध छ। दुबै ४५० किलोवाट र ६७५ किलोवाटको अधिकतम पावर र क्रमशः ७१० एनएम र ९८५ एनएमको टप टर्क भएको डुअल मोटरहरूले सुसज्जित छन्।

यस पावरट्रेनको साथ, इलेट्रे एस प्लसले ४.५ सेकेन्डमा ० देखि १०० किमी/घन्टा र इलेट्रे आर प्लसले २.९५ सेकेन्डमा गति लिन सक्छ।

लोटस इलेट्रे आर प्लसको प्रारम्भिक मूल्य १०,२८,०००युआन छ र चीनमा डेलिभरी मे २०२३ मा सुरु हुनेछ।

दुईवटा पावरट्रेनको छनोटमा, इलेट्रे, इलेट्रे एस र इलेट्रे आर गरी विश्वव्यापी बजारमा, कारका तीन भिन्न संस्करणहरू उपलब्ध छन्।

मोडलको ब्याट्री प्याक क्षमता ११२ किलोवाट र सीएलटीसी दायरा क्रमशः ६५० किमी र ५६० किमी छ।

लोटस इलेट्रेको क्याबिन दुईओटा क्वालकम स्न्यापड्रागन ८१५५ चिप्सले सुसज्जित छ र केन्द्रिय कन्सोलमा १५.१ इन्चको ओएलइडी टचस्क्रिनको साथ कार भित्र पाँच स्क्रिन प्रयोग गर्दछ। साथै यसमा मानक प्रयोगयोग्य लाइडार टेक्नोलोजी पनि उपलब्ध हुनेछ।

प्रकाशित: ११ कार्तिक २०७९, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...